जावलाखेल युथ क्लब पाँचौँ स्थानमा



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
एन्फा कम्प्लेक्स मैदानमा भएको शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले पाँचौं जित हासिल गरेको छ । १० खेलाडीमा झरेको फ्रेण्ड्स क्लबलाई १–० ले हराउँदै जावलाखेल पाँचौं स्थानमा उक्लिएको हो ।
पहिलो हाफ खेल गोलरहित बनेको खेलको ५८औँ मिनेटमा फोडे फोफोनाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए ।
त्यसको चार मिनेटपछि फ्रेण्ड्सका साउलो डि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । खेलको आधा घण्टा १० खेलाडीमा झरेको फ्रेण्ड्सले जावाखेलविरुद्ध गोल गर्न सकेन र पराजित हुन पुग्यो ।
जितसँगै जावलाखेल एघार खेलबाट १८ अंक बनाउँदै पाँचौँ स्थानमा उक्लिएको छ । पराजयसँगै फ्रेण्ड्स १२ औँ स्थानमा यथावत छ । उसले एघार खेलबाट १४ अंक बनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button