ईश्वरपुर गोल्ड कप २०७६” मा एपिएफ क्लब महोतरी फाइनलमा प्रवेश



रितिक अधिकारि
सर्लाही
सर्लाहीको इश्वरपुर नगरपालिका ६ बयलवासमा भएको प्रदेश नम्बर २ स्तरीय फुटबल प्रतियोगितामा एपिएफ क्लब महोतरी फाइनलमा प्रवेश गरेको छ । आईतबार भएको दोस्रो सेमिफाईनल प्रतियोगितामा विरगन्ज युनाईटेडलाई १–० गोल अन्तरले पराजित गर्दै एपिएफ क्लब अन्तिम दुईमा प्रवेश गरेको हो ।
यहि माघ १२ गतेबाट सुरु भएको प्रदेश स्तरीय“ईश्वरपुर गोल्ड कप २०७६” फुटबल प्रतियोगीता माघ २१ गते मंगलबार सम्म चल्ने आयोजक फुलजोड युवा क्लबले जनाएको छ । प्रदेश नम्बर २ का ८ वटै जिल्लाका १÷१ वटा टिम आयोजक फुलजोड युवा क्लबको २ टिम र एपिएफको १ टिम गरि कुल १० टिमको सहभागीता रहेको प्रतियोगीतामा शनिबार पहिलो सेमिफाईनलमा बारा–११ लाई आयोजक फुलजोड युवा क्लब“ए” ले ३–० गोल अन्तरले पराजीत गरेको थियो ।
शनिबार भएको पहिलो सेमिफाईनल प्रतियोगीताबाट छनोट भएको फुलजोड युवा क्लब“ए” र आईतबार भएको दोस्रो सेमिफाईनलमा विजयी भएको एपिएफ क्लब महोत्तरी बीच मंगलबार विजेताको लागि फाईनल खेल हुने फुलजोड युवा क्लबका कार्यबाहक अध्यक्ष ईब्राहिम अन्सारीले जानकारी दिए । नारायण माध्यमिक विद्यालय बयलवासको मैदानमा जारी प्रतियोगिताको बिजेताले १ लाख १ रुपैँयाँ र उपबिजेताले ५० हजार १ रुपैँयाँ प्राप्त गर्ने आयोजक फुलजोड युवा क्लबले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button