उपमेयर कप राष्ट्रिय महिला फुटबलको उपाधि चन्द्रपुरलाई



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटको चन्द्रनिगाहपुरमा गत माघ १० गते देखि सुरु भएको चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता २०७६ को उपाधि चन्द्रपुर नगरपालिकाले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा ट्राइबेकरमा स्याङ्जाको वालिङ नगरपालिकालाई हराउँदै चन्द्रपुर नगरपालिकाको टिमले नगद ३ लाखसहित उपाधि हात पारेको हो। प्रतियोगिताको उपविजेता वालिङ नगरपालिकको टिम बनेको छ। खेल बराबरीमा टुग्गएपछि खेल ट्राइबेकरमा पुगेको थियो। ट्राइबेकरमा चन्द्रपुरले ४ गोल गरेको थियो त्यसैगरी वालिङले ३ गोल गरेको थियो । उपविजेता वालिङ नगरपालिकाले एक लाख ५० हजार नगद पाएको छ । विजेता टिम र उपबिजेता टिमलाइ चन्द्रपुर नगरपालिकाकी उपमेयर रामरती चौधरीले पुरस्कार वितरण गरेकी थिइन्। रौतहट जिल्ला फुटबल संघको आयोजना, चन्द्रपुर नगरपालिका रौतहटको संरक्षण तथा सहयोग एवं अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वय तथा व्यवस्थापनमा चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता भएको हो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा चन्द्रपुरकी जर्सी नम्बर ९ रजनी ठोकर बनेकी छिन्। सर्वोत्कृष्ठ खेलाडी ठोकरलाई यामहाको स्कुटर पुरस्कार प्रदान गरिएकोछ । सेमिफाइनल पुग्ने उदयपुरको चौदण्डीगडी नगरपालिका र मोरङको विराटनगर महानगरपालिका टिमलाई जनही ५०र५० हजार नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताको प्रत्येक खेलमा म्यान अफ दी म्याच लाई नगद ५ हजार र कप, यस्तै उत्कृष्ट पाँच विधाका खेलाडीहरूलाई जनही १५ हजारका दरले पुरस्कृत गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button