कोपा डेल रे स् बार्साको उत्कृष्ट प्रदर्शन, मेसीको दुई गोल

कोपा डेल रे कप फुटबलमा बार्सिलोनाले लेगानेसविरुद्ध उत्कृष्ट बिजय गरेको छ । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा बार्सिलोनाले लेगानेसविरुद्ध ५–० गोलको जित निकालेको हो । जितसँगै बार्सिलोनाले कोपा डेल रे कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ । कोपा डेल रेको सर्वा्धिक सफल टिम बार्सिलोनाले ३० पटक उपाधि जितिसकेको छ। बार्सिलोनाका लागि पहिलो हाफको चौथो मिनेटमा एन्टोनियो ग्रिजम्यान र क्लेमेन्ट लेङ्ग्लेटले २७ औँ मिनेटमा गोल गर्दै २–० को अग्रता दिलाएका थिए। दोस्रो हाफको ५९ औँ र ८९ औँ मिनेटमा मेस्सीले गोल गरे भने ७७ औं मिनेटमा अर्थरले गोल गरे। लेगानेसविरुद्धको दुई गोलसँगै मेस्सीले बार्सिलोनाका लागि ६२३ गोल गरेका छन्। साथै उनले बार्सिलोनाको जर्सीमा ५०० औं जित निकाल्न सफल भएका छन्। गएरातिकै खेलमा दोस्रो डिभिजनको दशौं स्थानमा रहेको मिरान्डेसले ला लिगाको सेभिल्लाई ३–१ ले हराउँदै क्वार्टर फाइनलमा पुगेको हो । एजेन्सी