जितको यात्रा जारी, मनाङ शिर्ष स्थानमा



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
दशरथ रङ्गशालामा शुक्रबार भएको पहिलो सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले आफ्नो जितको यात्रालाई जारी राखेको छ । सोहीे क्रममा मनाङ्ले सरस्वती युथ क्लबमाथि जित हात पार्यो ।
उसले सरस्वती युथ क्लबमाथि १–० को जित निकाल्यो । मनाङ्का लागि विमल रानाले गरेकोे एकमात्र गोल नै निर्णायक एवम् जितका लागि पर्याप्त् रहयो । निशान लिम्बुको क्रसमा अञ्जन विष्टले गरेकोे प्रहार बारमा लागेर उछिट्टिएपछि रानाले गोलको दिशा दिएपछी खेलको ४६ औं मिनेटमा गोल भयो ।
सरस्वती क्लबलाई हराएसँगै मनाङ्ले आठ खेलमध्ये पाँचमा जित र तीनमा बराबरी गर्दै १८ अङ्क पुर्याएको छ । त्रिभुवन आर्मी भने सात खेलबाट सामान १६ अङ्क बटुलेर दोस्रो स्थानमा छ । मच्छिन्द्रको पनि सामान १६ अङ्क रहेपनि हेड टु हेडको आधारमा मनाङ शिर्ष स्थानमा उक्लिन सफल भएको छ । आर्मीले शनिबार न्यूरोड टिम विरुद्ध खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button