एपीएफमाथि जावलाखेलको जित



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
दशरथ रङ्गशालामा बिहीबार सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले एपीएफ क्लबलाई हराएको छ । दोस्रो खेलमा जावलाखेलले एपीएफमाथि १–० को जित हात पारेको हो ।
खेलको दोस्रो हाफमा दश खेलाडीमा सीमित जावलाखेलले खेलको ७१ औं मिनेटमा गरेको गोल नै निर्णायक हुन गयो । जावलाखेलका लागि फोडे फोफानाले गरेको गोल जित हात सफल थियो । खेलको ५७ औं मिनेटमा जावलाखेलका गोलरक्षक टिकेन्द्र थापाले पेनाल्टी क्षेत्र बाहिर आएर हातले बल समातेपछि रातो कार्ड पाएका थिए । पछिल्लो दुई खेलमा जावलाखेल हारेकोे थियो । एपीएफलाई हराएर जावलाखेलले आठमध्ये तीन खेलमा जित, तीनमा बराबरी र दुईमा हारसँगै १२ अङ्क जोडेको छ । ऊ तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । एपीएफ भने आठ खेलमध्ये एकमा जित, दुईमा बराबरी र पाँचमा हारसँगै पाँच अङ्कसहित पुछारबाट दोस्रो स्थानमा पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button