अन्तिम खेलमा फ्रेन्ड्सले सरस्वतीलाई ४ ,१ गोलको अन्तरले हरायो



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएका शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार फ्रेन्ड्स क्लब र न्युरोड टिम एनआरटीले बिजयी भएका छन । अन्तिम खेलमा फ्रेन्ड्सले सरस्वतीलाई ४(१ गोलको अन्तरले हरायोे । फ्रेन्ड्सलाई जित दिलाउन उत्तम राईले दुई गोल गरे। यस्तै, साउलो डी अक्विनो र वाग्नेर डो कार्मोले एक एक गोल थपे। सरस्वतीका कजिम बुसारीले एक गोल फर्काए। जितसँगै ७ खेलबाट ८ अंक बटुलेको फ्रेन्ड्स लिगको नवौँ स्थानमा छ। कुनै पनि खेलमा जित्न नसकेको सरस्वती १ अंकका साथ लिगको पुछारमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button