पुलिससंगको खेलमा जावलाखेलको हार



मेरो प्रदेश सम्वाददाता
काटमाडै
एन्फा कम्पेलक्स सातदोबाटोमा भएको शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबमाथि सहज जित हात पारेको छ ।
पुलिसले दुवै हाफमा एक(एक गोल गरेको थियो । खेलको २६औं मिनेटमा सौजन राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए
सौजन राई र कप्तान सुमन सुवेदीले यस सिजन लिगमा पहिलो गोल गर्दा पुलिसले जावलाखेललाई २,० ले पराजित गरेको हो ।
खेलको४८औं मिनेटमा सुमन सुवेदीले पुलिसका लागि दोस्रो गोल गरे ।
७ खेल खेलिसकेको पुलिसले ३ जित र दुई बराबरीबाट ११ अंक जोडेको हो । पुलिसले दुई खेलमा हार बेहोरेको थियो ।
पुलिस तेस्रो स्थानको मनाङ मर्स्याङ्दी १२ भन्दा एक अंकले पछि छ भने पाँचौ स्थानको थ्रीस्टार १० भन्दा एक अंक अघि छ । दुवै क्लबले समान ३ खेल जितेका छन् । जारी सिजन पुलिसको यो तेस्रो जित हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button