पहिलो खेलमा एनआरटीले नेपाल पुलिस क्लबमाथि १० को रोमाञ्चक जित हासिल

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबमाथि १(० को रोमाञ्चक जित निकालेको छ ।
सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) ले बलियो प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। यो जितसँगै एनआरटी लिगको छैटौँ स्थानमा उक्लिएको छ। खेलको ७५औं मिनटमा दर्शन गुरुङले बक्स भित्रबाट एनआरटीका लागि निर्णायक गोल गरे। यो जितपछि ६ खेलबाट ८ अंक जोडेको एनआरटी छैटौं स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको नेपाल आर्मी भन्दा ऊ पाँच अंकले पछाडि छ । पाँचौं स्थानमा जावलाखेल छ। उसले ९ अंक बनाएको छ। पराजित पुलिसको पनि समान ८ अंक छ।