घरेलु लिगमा सय गोल गर्ने पहिलो खेलाडी,सन्तोष साहुखल



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
बुधबार दशरथ रंगशालामा नेपाल पुलिस क्लबविरुद्ध १८ औँ मिनेटमा गोल गर्दै सन्तोष साहुखलले ‘ए डिभिजन लिग’मा एक सय गोलको कीर्तिमान कायम गरेका छन् ।
साहुखलले घरेलु लिगमा सय गोल बनाउने पहिलो खेलाडी हुन ।
नेपाल पुलिस क्लब विरुद्धको खेलमा २ गोल गर्दै आफ्नो नाममा १०१ गोलको कीर्तिमानी आंँकडा पार गरेका छन् ।


१७ वर्ष अगाडि थ्रीस्टार क्लबबाट व्यावसायिक खेल सुरु गरेका साहुखलले डेब्यू खेलमै संकटाविरुद्ध गोल गर्दै थ्रीस्टारलाई जित दिलाएका थिए । उनले वि.स. २०६० मा थ्रीस्टारबाट ६ गोल गरेका थिए । २०६१ मा एपीएफ र २०६२ मा फेरि थ्रीस्टारबाटै ६ गोल गरेका थिए ।

त्यसैगरी २०६३ को सिजनमा थ्रीस्टार टीमबाट ११ गोल गरेका साहुखलले २०६६र०६७ मा त्यसै टीमबाट १९ गोल गरे । २०६८ मा मनाङबाट १६ गोल, ०६९ र ०७० मा थ्रीस्टारबाट क्रमशः १७ र ९ गोल, २०७५ मा च्यासलबाट ३ गोल गरेका साहुखलले जारी सिजनमा च्यासलबाटै अहिलेसम्म ४ गोल गरिसकेका छन् ।
साहुलले एक सय गोलको कीर्तिमान मात्रै बनाएनन, बुधबारको बेलमा आफ्नो टीम च्यासल युथ क्लबलाई हारबाट समेत जोगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button