प्रिन्स दाहाल विश्व ब्याडमिन्टन महासङ्घको १४ औँ स्थानमा



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
पछिल्लो वरीयतामा ३२औँ स्थानमा रहेका नेपाली किशोर खेलाडी प्रिन्स दाहाल १८ स्थान सुधार गर्दै विश्व ब्याडमिन्टन महासङ्घको वरीयतामा जुनियरतर्फ १४ औँ स्थानमा परेका छन् ।
विश्व वरीयतामा नेपाली खेलाडीले हासिल गरेको यो सबैभन्दा राम्रो स्थान हो । पछिल्लो पटक प्रिन्स तीन हप्ताअघि भारतमा भएको जुनियर इन्टरनेशनल सिरिजको क्वाटरफाइनलमा पराजित भएका थिए ।
लगातार अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेका प्रिन्स चार महिनाअघि दुबई इन्टरनेशनल सिरिजमा उपाधि जितेपछि शीर्ष ५० वरीयतामा समावेश भएका हुन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button