राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण पोखरामा हुँदै



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय क्रिकेट माघ तेस्रो सातादेखि हुने सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण शुक्रबारदेखि पोखरामा सुरु हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को सोमबार बसेको बोर्ड बैठकले बन्द प्रशिक्षण सुरु गर्ने निर्णय गरेको नेपाल क्रिकेट संघले जनाएको छ । यसअघि पोखरा प्रिमियर लिग (पिपिएल) आयोजना भएको पोखरा क्रिकेट मैदानमा बन्द प्रशिक्षण हुनेछ।
यस्तै आइसिसी र क्यानबीच भएको बैठकको विषयमा पनि बोर्डलाई जानकारी दिइएको बताईएको छ । राष्ट्रिय टिमको व्यवस्थापकमा केन्द्रिय सदस्य ऋषिराम गौतमलाई नियुक्त गर्ने क्यानले निर्णय गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button