शुक्रबारको फाइनल खेल विभागीय टीम आर्मी र एपिएफबीच हुने

मेरो प्रदेश सम्वाददाता
धनकुता
बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा रौतहट फुटबल क्लबलाई ६(० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव फाइनलमा प्रवेश गरेको छ ।
किरात आठपहरिया समाजको आयोजनामा भएको प्रतियोगिताको जारी रहेको खेलमा त्रिभुवन आर्मी क्लबले पहिलो हाफमा ४ गोल र दोस्रो हाफमा २ गरेको थियो। जीतसँगै त्रिभुवन आर्मी क्लबले फाइनलमा एपिएफसँगको भेट पक्का गरेको छ। बिहीबार भएको खेलको पहिलो हाफको २ मिनेटमा आर्मीकी सर्मिला थापा मगरले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाइन्। पहिलो हाफको ३ मिनेटमा रश्मी कुमारी घिसिङ गोल गर्दै २(० को अग्रतामा र्पुयाइन। २३ मिनेटमा सर्मिला थापा मगरले व्यक्तिगत दोस्रो तथा टीमको लागि तेस्रो गोल गरिन। त्यसपछि ३४औँ मिनेटमा सपना लामाले अर्को गोल थपिन। त्यसपछि भएको दोस्रो हाफको चौथो मिनेटमा विमला चौधरी र दोस्रो हाफकै ३३औँ मिनेटमा इन्दिरा राईले गोल गरेको थिए। खेलमा आर्मीले रौतहटलाई निकै दबाबमा राखेको थियो। दोस्रो सेमिफाइनल खेलको वुमन अफ द म्याच आर्मीकी विमला चौधरी भइन। उनले नगद ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन। प्रतियोगिताका विजेता तथा उपविजेता टिमले क्रमशः नगद २ लाख र एक लाखसहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा ३ विभागीय टीमसहित ८ टीमको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट राइजिङ प्लेयर, सर्वोत्कृष्ट खेलाडि र सर्वोत्कृष्ट गोलकर्तालाई पनि पुरस्कृत गरिने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको फाइनल खेल शुक्रबार विभागीय टीम आर्मी र एपिएफबीच हुने भएको छ।