मच्छिन्द्र क्लवले अपराजित यात्रा कायमै राख्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
शहीद स्मारक ए डिभिजन लिगमा सोमबार मच्छिन्द्र क्लवले अपराजित यात्रा कायमै राखेको छ खेलमा मच्छिन्द्रले एनआरटी बिरूद्ध एक शून्यको जित निकाल्यो । जारी लिगमा उसको यो तेस्रो जित हो ।


मच्छिन्द्रले अन्तिम समयमा गोल गर्दै तीन अंक बटुल्यो । दशरथ रंगशालामा नेपाल भ्रमण वर्षको उद्घाटनको तयारी भइरहेका बेला एन्फाले चौथो चरणका खेलहरु सातदोबाटो मैदानमा गरेको हो ।

खेलमा मच्छिन्द्रले दबाब दिए पनि पाएका मौकाको सदुपयोग गर्न सकेन । तर खेलको ९० औँ मिनेटमा मच्छिन्द्रले अग्रता बनायो । उसका लागि विदेशी खेलाडी सोमीडीले गोल गरे ।

त्यसको लगत्तै न्यूरोड टिमले गोलको राम्रो अवसर पाएको थियो । तर अन्तिममा चुक्न पुग्यो । यो जितपछि मच्छिन्द्रको चार खेलमा ९ अंक भएको छ । दोस्रो हाफको अन्त्यतिर मच्छिन्द्रले दुई वटा उत्कृष्ट मौका पाएको थियो । तर उसका विदेशी खेलाडी गोल गर्न असफल रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button