वीरगन्ज महानगरपालिकाले एकहप्ते खेलकुद प्रतियोगिता गर्ने



मेरो प्रदेश सम्वाददाता
पर्सा
वीरगन्ज महानगरपालिकाले आगामी माघ महिनामा एकहप्ते खेलकुद प्रतियोगिता गर्ने भएको छ। महानगरले बिद्यालय बाट नयाँ खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रतियोगितागर्न लागेको हो महानगर क्षेत्र भित्रका ७६ विद्यालयहरुलाई आगामी २५ पुसभित्र विद्यार्थी खेलाडीहरुको नाम पठाउन समेत महानगरले बिद्यालयलाई पत्राचार गरीसकेको छ ।‘आगामी माघ ३ गतेदेखि ९ गतेसम्म हुने खेल प्रतियोगिताको वीरगन्ज महानगरपालिकाले ‘मेयर रनिङ्ग शिल्ड’ प्रतियोगिता भनी नामाकरण गरेको छ।


३११ सामुदायिक र संस्थागत विद्यालय रहेको वीरगन्ज महानगरमा सबै विद्यालयको उपस्थित भने नहुने भएको छ। खेललाई भव्य र सभ्य बनाउन अहिले नै महानगरको शैक्षिक प्रशासन महाशाखाले महानगर क्षेत्रका ७६ वटा विद्यालयहरुलाई १३ वटा खेल हुने इभेन्टस् सहितको लिखित निर्देशन पत्र पठाइसकेको छ।

निमाविभन्दा माथिल्लो कक्षा भएका विद्यालय र १७ वर्ष ननाघेका विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी गराउन लागिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । नगर शिक्षा समितिको पुस १ गते बसेको बैठकको निर्णय अनुसार गठित ‘मेयर रनिङ्ग शिल्ड’ प्रतियोगिता सञ्चालक समितिको अस्ति पुस ४ गतेको बैठकको निर्णयअनुसार ७६ वटा विद्यालयलाई पत्राचार गरिएको छ। खेलप्रति रुचि भएका विद्यार्थीहरुको ईच्छालाई पूरा गर्न र नयाँ खेलाडी उत्पादन गर्न उद्देश्यले महानगरले यो वर्षबाट १३ वटा खेलमा विद्यार्थीहरुलाई प्रतिस्पर्धा गराउन थालिएको हो । विजेता विद्यार्थी खेलाडीलाई शिल्ड, पदक र पुरस्कारको पनि व्यवस्था गरिएको छ । मेयर रनिङ्ग शिल्ड प्रतियोगितामा ट्रयाक इभेन्ट्स तर्फ सय, दुई सय, चार सय, चारगुने एकसय, चार गुने चारसय र ३ हजार मिटर तथा फिल्ड इभेन्ट्सतर्फ हाइजम्प, लङ्गजम्प, ट्रिपलजम्प,, सटफुट, जेवलिंग थ्रो, कवडी र भलिबलको खेल हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button