एपीएफ क्लबलाई १–० गोलले हराउँदै थ्रीस्टार दोस्रो स्थानमा



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
दशरथ रंगशालामा शनिबार भएको थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खेलमा
विभागीय टोली एपीएफ क्लबलाई १–० गोलले हराउँदै थ्रीस्टार दोस्रो स्थानमा उक्लिएको छ । थ्रीस्टारका अनन्त म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पाए ।
थ्रीस्टारको जितमा अनन्त तामाङले हेड गोल गरे । अनन्तले १५औं मिनेटमा मिक्छेन तामाङको फ्रिकिक पासमा उत्कृष्ट हेड गोल गरेका थिए । थथ्रीस्टार र एपीएफको यस खेलसँगै लिगमा तेस्रो चरणको खेल पनि सकिएको छ ।
एपीएफले दोस्रो हाफमा केही गोल गर्ने मौका बनाएपनि सदुपयोग गर्न सकेन ।
थथ्रीस्टार र एपीएफको यस खेलसँगै लिगमा तेस्रो चरणको खेल पनि सकिएको छ ।
जितसँगै थ्र्रीस्टारले तीन खेलबाट सात अंक बनाएको छ । शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबको समान खेलबाट नौ अंक छ । ६ अंक सहित मच्छिन्द्र तेस्रो स्थानमा छ । दोस्रो हार खेपेको एपीएफको एक अंक छ ।
पहिलो खेलमा मनाङसँग २–० गोलले पराजित भएको एपीएफले दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button