सरस्वती क्लब पराजित, नेपाल पुलिसको पहिलो जित



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । पुलिसले शुक्रबार सम्पन्न खेलमा सरस्वतीय युथ क्लबलाई २–० ले हराएको छ । तीन खेलमा पहिलो जित हात पारेको पुलिस क्लब चार अङ्क बटुलेको छ । पहिलो हाफको इन्ज्युरी समयमा दोहोरो पहेंलो कार्डपछि रातो कार्ड खाएर अञ्जन राई मैदानबाट बाहिरिदा पुलिस १० खेलाडीमा सीमित भएको थियो ।
काठमाडौंमा जारी डिभिजन लिगको आफ्नो तेस्रो खेलमा पुलिसलाई जित दिलाउन सुमन लामा र भोला सिलवालले एक एक गोल गरे । सुमन लामाले खेलको ४६ औं मिनेटमा पहिलो गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाऐ । दोस्रो हाफमा करीब आधा घण्टासम्म दुबै टोलीले कुनै गोल गर्न सकेनन । ७९ औं मिनेटमा सुमन लामाको पासमा भोला लेगरेकोे प्रहार गोलमा परिणत भयो । र पुलिसको अग्रता २–० भयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button