विराटनगर पीपीएलको फाइनलमा



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
विराटनगर टाइटान्स पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा भएको खेलमा १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको बुटवल पुरा ओभरमा १४४ रन मात्र बनाएर अलआउट भयो। बिहीबार भएको एलिमिनेटरमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै विराटनगरले चितवनसँगको उपाधि भिडन्त पक्का गरेको हो। बुटवलका लागि भिम सार्कीले ४४ रन बनाउँदा विदेशी खेलाडी अफ्ताबुद्धिन अहमदले ४३ रन जोडे। उसका लागि सुनील धमलाले सर्वा्धिक ६१ रन बनाउँदा प्रदीप ऐरीले अविजीत ३३ रन बनाए। विराटनगर लिगको अन्तिम खेलमा पनि बुटवललाई नै हराएर एलिमिनेटरमा पुगेको थियो। फाइनल खेल पर्सी शनिवार हुनेछ। चितवनले आफ्ना ५ वटा खेलमा जित निकालेर सीधै फाइनलमा स्थान बनाएको थियो।


अन्य ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन्। ६ जना ब्याट्सम्यान दोहोरो अंकको रन छुनै नसकी आउट भए। विराटनगरका शाहब आलम र पुनित मेहेराले समान तीनतीन विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको विराटनगरले पुरा ओभरमा ५ विकेट खर्चदै १ सय ६५ रनको स्कोर बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button