मेरो प्रदेश सम्वाददाता
काठमाडौ
त्रिभुवन आर्मी क्लबकी दिपा राई प्रधानसेनापति अन्तर्रा्ष्ट्रिय महिला फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्।
उनले स्कुटर प्राप्त गरिन्। एपीएफले उपाधिसहित ३ लाख रुपैयाँ र आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त र्गयो। एपीएफकी सावित्रा भण्डारी प्रतियोगिताको उत्कृष्ट फरवार्ड घोषित हुँदा सोही टोलीकी एन्जिला तुम्बापो सु्ब्बा उत्कृष्ट गोलकिपर र जनक सिंह उत्कृष्ट प्रशिक्षक घोषित भए। आर्मीकी पुजा राना उत्कृष्ट रक्षक र भुटानको राष्ट्रिय टोलीकी पेमा छोडेन छिरिङ उत्कृष्ट मिडफिल्ड घोषित भइन्। उत्कृष्टले समान १० हजार रुपैयाँ प्राप्त गरे। आर्मीकी बिमला विके उदयीमान खेलाडी चुनिइन्। उनलाई सैनिक श्रीमती संघले २५ हजार ५ रुपैयाँबाट पुरस्कृत र्गयो।


उपाधि भने एपीएफले जितेको छ। आर्मी क्लबलाई बुधबार २–० ले हराउँदै एपिएफ लगाचार पाँचौं पटक च्याम्पियन बनेको हो। एपीएफलाई जित दिलाउन सरु लिम्बु र रेखा पौडेलले गोल गरेका थिए।
मंसिर २९ गतेबाट सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button