पाकिस्तानले श्रीलङ्कालाई २६३ रनले पराजित गर्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
पाकिस्तानले श्रीलङ्का विरुद्धको दोस्रो टेष्ट खेलमा २६३ रनको जित हात पारेको छ । सात विकेटको क्षतिमा २१२ रनबाट पाँचौं तथा अन्तिम दिनको खेल अगाडि बढाएको श्रीलङ्काले दुई ओभर खेलेपनि कुनै रन जोडन नपाउँदै समेटिएपछि पाकिस्तानले जितको औपचारिकता पुरा गर्यो । श्रीलङ्काका लागि ओशादा फर्नान्डोले शतकीय पारी खेले । निरोशन डिकवेल्लाले ६५ रनको योगदान दिएपनि अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसकेपछि श्रीलङ्काले हार टार्न सकेन ।
पाकिस्तानले प्रस्तुत गरेको ४७६ रनको लक्ष्य पछ्याउँदै श्रीलङ्काको दोस्रो पारी मात्र २१२ रनमा सिमित भयो ।
आबिद अली खेलको म्यान अफ द् म्याच र म्यान अफ द् सेरिज घोषित भए ।
श्रीलङ्का विरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा कमजोर प्रदर्शन गर्दै हार नजिक पुगेको पाकिस्तानले पाहुना टोली समक्ष ४७६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । दोस्रो पारीमा पाकिस्तानका ओपनरद्वय आबिद अली र शान मसूदले उत्कृष्ट सुरुवात दिएपछि घरेलु टोलीको खेलमा वापसी भएको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको पाकिस्तानले आफ्नो पहिलो पारीमा १९१ रन बनाएको थियो । पाकिस्तानको पारीमा बाबर आजमले ६० तथा अशद शफिकले ६३ रनको योगदान दिनुभयो । लहिरु कुमारा र लासिथ इम्बुल्देनियाँले सामान चार चार विकेट लिए ।
जवाबमा श्रीलङ्काले आफ्नो पहिलो पारीमा २७१ रनको योगफल तयार गरेको थियो । दिनेश चण्डीमालले ७४ तथा दिलरुवाना परेराले ४८ रनको योगदान दिए । पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले पाँच तथा मोहम्मद अब्बासले चार र हरिश सोहैलले एक विकेट लिएका छन ।
पहिलो पारीमा ८१ रनले पछाडि परेको घरेलु टोली दबाबमा आएको थियो । तर ओपनरद्वय शान मसूद र आबिद अलीले कीर्तिमानी पारी खेल्दा उसले मात्र तीन विकेटको क्षतिमा ५५३ रनको योगफलमा पारी घोषणा गर्दै श्रीलङ्का समक्ष ४७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबैजनाले २७८ रनको ओपनिङ्ग साझेदारी गर्नुभयो । अजहर अलीले कप्तानको रुपमा पहिलो र टेष्ट क्रिकेटमा १६ औं शतक लगाउँदा उसको पारी उकासिएको थियो । पाकिस्तानका लागि नसिम शाहले सर्वा्धिक पाँच विकेट लिदा यासिर शाहले दुई तथा शाहीन शाह अफ्रिदी, मोहम्मद अब्बास र हरिस सोहैलले सामान एक एक विकेट लिए ।


पाकिस्तानको दोस्रो पारीका प्रारम्भिक चारैजना ब्याट्सम्यानले शतक लगायो । एउटै टोलीको प्रारम्भिक चारजना ब्याट्सम्यानले शतक लगाएको यो दोस्रो अवसर हो । यसअघि बङ्गलादेश विरुद्ध भारतका चारजना प्रारम्भिक ब्याट्सम्यानले २००७ मा शतक लगाऐ । ओपनर दिनेश कात्र्तिक र वसिम जाफर तथा राहुल द्रवीड र सचिन तेन्दुलकरले उक्त खेलमा शतक लगाएका थिऐ । पहिलो टेष्ट म्याच बराबरीमा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button