विश्वकप जिताउने इंग्ल्याण्डका खेलाडी मार्टिनको निधन



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
इंग्ल्याण्डलाई विश्वकप जिताउने खेलाडी मार्टिन पिटर्सको निधन भएको छ । १५ वर्षको उमेरमा नै वेस्ट ह्याममा अनुबन्ध भएका पिटर्सले ११ वर्ष क्लबमा बिताएका थिए । त्यसपछि बेलायतको पहिलो २ लाख पाउण्ड पाउने खेलाडी बनेका उनी सन् १९७० मा टोटनह्याममा अनुबन्ध भएका थिए । वेस्ट ह्यामका सर्वश्रेष्ठ खेलाडी मार्टिनको ७६ वर्षको उमेरमा निधन भएको हो ।
उनले युरोपियन कप, यूएएफए कप, दुई वटा लिग कप जितेका थिए । सन् १९८१ मा उनले पाँच वर्ष नोर्विचमा बिताएपछि सेफिल्डमा स्थानान्तरण भएका थिए । सन् १९६६ को विश्वकपको फाइनलमा इंग्ल्याण्डका लागि गोल गर्ने खेलाडी समेत रहेका पिटरको निधनले उनका समकक्षीहरुले दुःख व्यक्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button