थ्री स्टार र जावलाखेल गोलरहित बराबरीमा



कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबको खेल गोलरहित बराबरीमा टुंगिएको छ । बराबरीसँगै दुबै टोलीले एक एक अङ्क बाँडेको छ । जावलाखेल युथ क्लबले खेलको ११ औं मिनेटमा नै पाएको अवसर गोलमा परिणत गर्न सकेनन ।
दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न नसकेपछी सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा दुबै टोलीको खेल बराबरीमा सम्पन्न भयो । बराबरीसँगै दुबै टोलीले एक एक अङ्क बाँडेको छ । जावलाखेल युथ क्लबले खेलको ११ औं मिनेटमा नै पाएको अवसर गोलमा परिणत गर्न सकेनन । सुजित बुढाथोकीको पासमा विजय घलानको प्रहारले गोल पोष्ट भेटन सकेन । १६ औं मिनेटमा रुपेश केसीको प्रहार बक्स बाहिरै गोलरक्षक टेकेन्द्र थापाले बचाएका थिए । खेलको ६९ औं मिनेटमा थ्री स्टार बाटसुन्दर अवसर पाएका विजय भुजेलको प्रहारले दिशा लिन नसके पछी गोलरक्षक बिट भइसकेपछी भुजेलको प्रहार गोलमा परिणत हुन सकेन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button