दक्षिण अफ्रिकी टेष्ट टोलीमा नयाँ अनुहार



एजेन्सी
काठमाडौं, पुस १ गते । दक्षिण अफ्रिकाले इंग्ल्याण्ड विरुद्धको टेष्ट श्रृखंलाका लागि छ जना नयाँ खेलाडीलाई अवसर दिएको छ । भारत विरुद्धको दुई म्याचको टेष्ट श्रृखंलामा नराम्ररी पराजय बेहोरेको दक्षिण अफ्रिकाले टोलीलाई सशक्त बनाउन छजना नयाँ अनुहारलाई अवसर दिन लागेको हो ।
क्रिकेट दक्षिण अफ्रिकाले पिटर मलान र रुडी सेकेण्ड छ नयाँ अनुहारमध्येका दुई हुन् । डेन पेटरसन, रस्सी भान डर दुस्सैन, बेरन हेन्ड्रीक्स र ड्वायन प्रिटोरियस अन्तर्रा्ष्ट्रिय एकदिवसिय खेलेपनि टेष्टमा पहिलोपटक स्थान बनाएका छन् ।
क्रिकेट दक्षिण अफ्रिकाका चयनकत्र्ता लिन्डा जोन्डीले भने “नयाँ अनुहारको संख्याले हाम्रो नीतिको प्रतिबिम्ब गर्छ, फ्रेञ्चाइज तहमा राम्रो गरेका खेलाडीको छनोट भएको छ ।”
१७ सदस्यीय टेष्ट टोलीको फाप डु प्लेसिसले नेतृत्व गर्ने छन । टोलीका अन्य सदस्यहरुमा तेम्बा बभुना, क्विन्टन डे कोक, डीन एल्गर, बेरन हेण्ड्रीक्स, केशव महाराज, पिटर मलान, एडन मरकर्रम, जुबैर हाज्मा छन । त्यसैगरी, एन्रिक नोर्जे, डेन पेटरसन, एन्डील फेहलुक्वायो, वर्णोन फिलन्डर, ड्वायन प्रिटोरियस, कगिसो रबाडा, रुडी सेकेण्ड, रस्सी भान डर दुस्सैन अटाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button