बुटवल सुपर ओभरमा विजयी

मेरो प्रदेश सम्वाददाता
पोखरा
पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा बुटवल सुपर ओभरमा विजयी भयो ।
बुटवल ब्लास्टर्स र काठमाडौं गोल्डेन वारियर्सबीचको खेलमा दुवै टिमले बराबर स्कोर बनाएका छन ्।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेटको क्षतिमा १४० रन जोड्यो । उसका लागि पवन सर्राफले नटआउट ३७ रन जोडे। उनले २१ बलमा ३ चौका र २ छक्का हिर्काए ।
बलिङमा बुटवलका नितेश थापाले २ विकेट लिए। भने जयकिशन कोल्सावालाले २८ रन र अदिल खानले २३ रन जोडे।
जवाफी ब्याटिङ गरेको बुटवलले पनि २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन नै जोड्यो ।
अन्तिम ओभरमा बुटवललाई जितका लागि ९ रन चाहिएको थियो। पहिलो तीन बलमा बुटवलका शिभम् सिंहले काठमाडौंका पवनको बलिङमा रन जोड्न सकेनन्। त्यसपछि बल वाइड भयो।
चौथो बलमा सिंहले ६ छक्का प्रहार गरे भने पाँचौ बलमा १ रन लिए। अन्तिम बलमा बुटवललाई जितका लागि १ रन चाहिएको स्थितिमा बिपिन खत्री आउट भए।
त्यसपछि भएको सुपर ओभरमा पहिले ब्याटिङ गरेको वुटवलले १२ रन जोड्यो। काठमाडौंले २ रन मात्र जोड्न सक्दा बुटवल सुपर ओभरमा विजयी भयो।