शुक्रवारको खेलमा बिरगंज क्लब बिजयी



प्रदेश सम्वाददाता कार्तिक २९
महोत्तरीको बर्दिवास नगरपालिका ११ खयरमारामा शुक्रवार भएको टि २०, क्रिकेट खेलमा बिरगंज क्लब बिजयी भएको छ । खयरमारा ११ को आयोजना , एमस क्लब र जनजागृती युवा क्लब खयरमाराको सह आयोजनामा बिहिवार देखी शुरु भएको टि २० क्रिकेट खेल प्रतियोगितामा शुक्रवारको खेलमा
ट्रस जितेर ब्याटिड्ड रोजेको बिरगंज क्लबले २० ओभरको खेलमा १ सय ३२ रन ल्याउदै महोत्तरीको गौशला क्रिकेट क्लबलाई हराउदै बिजयी भएको हो । गौशला क्रिकेट क्लबले २० ओभरको खेलमा मा ६४ रन बनाउदै सबै बिकेटको क्षतिमा अल आउट भएको छ । शुक्रवार भएको खेलमा बिरगंज क्लबका नरेन्द्र मेहता ४ ओभरमा ४ बिकेट लिदै ६ रन बनाएर खेलको म्यान आफ, द म्याच घोषित भएका थिए । त्यसैगरी शनिवार बिहान ८ बजेको खेलमा सर्लाहीको लालबन्दिी ब्लब र सर्लाहीकै सर्लाही ११ क्लब बिच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष अर्जुन बस्नेतले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button