युनिसन टि–२० क्रिकेट प्रतियोगीता २०७६ को नारायणी रंगशाला मा उद्धघाटन ।

नेहाल खान
बिरगंज,कार्तिक ३
युनिसन टि–२० क्रिकेट प्रतियोगीता २०७६ को एक समारोह को बिच नारायणी रंगशाला मा उद्धघाटन सम्पन्न भएको छ । युनिसन विद्यालय समूह ले आफनो १८औँ संस्करण को उद्धघाटन प्रतियोगीता मा युनिसन अन्तर्गत ७ वटा विद्यालयहरु को सहभागीता रहेको थियो । यस प्रतियोगीता मा जुनियर समूह तर्प ४ फिट १० ईन्च को उचाई भएको खेलाडीलाई समावेश गरीएको छ भने सिनियर समूह तर्प कक्षा १० सम्मको विद्यार्थीहरु लाई खेलाडी को रुपमा दुई समूह मा समावेश गरेको छ । नारायणी रंगशाला को क्रिकेट मैदानमा भईरहेको खेलमा प्रत्येक दिन दुई समुह ले प्रतिस्पर्धा गर्ने भएको युनिसन का अध्यक्ष पुरन प्रधान ले बताउनु भएको छ । शनिवार भएको उद्धघाटन कार्यक्रम मा युनिसन का अध्यक्ष पुरन प्रधान लगायत युनिसन ग्रुप द्धारा क्यान का अध्यक्ष दाउद अन्सारी र समाजसेवी पशुपति विक्रम शाहलाई दोसल्ला ओढाई सम्मान गरीएको थियो ।
कार्यक्रम का प्रमुख अतिथी जिल्ला समन्व्यन समितीका अध्यक्ष नेक महम्मद , अन्य अतिथीहरु मा नेपाल टेलिभिजन का नेहाल खान, वडा नं.३ का अध्यक्ष बैजु स्वर्णकार, वडा नं.४ का अध्यक्ष जगत साह, युवा समाज साह कमल चौगाई, सेफर अमर गौतम, मास्कोट मा.वी का प्रधानध्यापक छेदुप लामा, विद्या सदन का लालबहादुर गुरुङ्ग र कार्यक्रम सञ्चालन अर्विन्द सिँह ले गर्नु भएको थियो ।