लकडाउनको मोडालिटी परिवर्तन गर्ने सरकारको तयारी



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले लकडाउनको मोडालिटी परिवर्तन गरेर अघि बढ्ने निर्णय गरेको छ । बैठकले जारी लकडाउनको समीक्षा गर्दै लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण विडारीले विज्ञहरुसँगको छलफलपछि जोखिम क्षेत्र छुट्याएर मोडालिटी परिवर्तन गर्ने तयारी गरेको जनाएका छन् ।


जसमा समितिले उच्च जोखिममा रहेका क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेको क्षेत्रको पहिचान गरि मोडालिटी परिवर्तनको तयारी थालिने बताईएको छ । समितिले स्वास्थ्यका विज्ञहरुसँग पनि छलफल गरेको छ । छलफलमा विज्ञहरुले कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको उचित व्यवस्थापन गर्नुपर्नेलगायतका सुझाव दिएका छन ।
बैठकले विभिन्न शिलशिलामा जापान जानबाट रोकिएका ६ सय र हङकङ आइडी प्राप्त नेपाली जो लकडाउनले गर्दा नेपालमै छन् उनीहरुलाई चार्टड फ्लाइटद्धारा पठाउने निर्णय पनि गरेको छ ।

शुक्रबार समितिले स्वास्थ्यका विज्ञहरुसँग पनि छलफल गरेको छ । छलफलमा विज्ञहरुले कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको उचित व्यवस्थापन गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button