सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउन पहल गर्ने नवनियुक्त अध्यक्ष ,, अर्याल



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्यालले सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउन पहल गर्ने बताएका छन ।
श्ुक्रवार सञ्चारग्राम, तिलगंगास्थित कार्यालयमा पदभार ग्रहण गर्दै सरकार, नेपाल पत्रकार महासङ्घ, सञ्चारमाध्यम र पत्रकारसँगको समन्वयमा सरकारले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराइने बताए । उनले समिति गठन भएको करिब १५ वर्ष पुग्दा पनि पत्रकारको पेशागत र भौतिक अवस्था सुनिश्चित नभएको उल्लेख गर्दै
अहिलेको महँगीले पनि पत्रकारको नयाँ तलबमा पुनरवलोकन आवश्यक रहेको बिचार ब्यक्त गरे । अर्यालले अब सञ्चारमाध्यमले न्यूनतम पारिश्रमिक लागू गरेर मर्या्दित पत्रकारिता बनाउन सहयोग गर्नुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्माले अन्य देशमा रहेको पत्रकारको तलब जति नै नेपालमा पनी गराउनुपर्ने धारणा राख्दै पत्रकारको पेशागत सुरक्षा गर्न सरकार सधैँ तयार रहेको बताए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको पेशागत र भौतिक सुरक्षाका लागि महासङ्घ लागिपरेको भन्दै सरकारले तोकेको नयाँ तलब लागु गराउनुपर्नेमा जोड दिए ।
आचार्यले श्रमजीवी पत्रकार ऐन संशोधन गरेर समितिलाई अनुगमन र कारवाहीको अधिकार दिनुपर्ने बिचार ब्यक्त गरे ।
विगत २० वर्षदेखि पत्रकारितामा क्रियाशील अर्याल तत्कालीन प्रेस चौतारी नेपालका अध्यक्ष पदमा कार्यरत थिए । यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलार्ई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button