अपराध र अपराधी सँग कुनै पनि साँठगाँठ र सम्झौता नगर्न प्रदेश २, का प्रहरी प्रमुखको निर्देशन



मेरो प्रदेश सम्वाददाता
सप्तरी
प्रदेश २, का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक प्रधुम्न कार्कीले प्रदेश २, मा लागू औषध, घरेलु हिंसा, बालविवाह लगायतका कुरिती बढदै गएको बताएका छन बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरीको निवनिर्मित भवनको उद्घाटन गर्ने क्रममा उनले सो कुरा बताएका हुन । उनले विकृति न्युनिकरणका लागि प्रहरी – जनताको सहकार्यको खाँचो रहेको उल्लेख गरे । कार्कीले प्रहरीको एक्कल प्रयाबाट मात्रे विकृतिको अन्त हुन नसक्ने भन्दै त्सकालागि प्रहरी र जनता मिलेर सहकार्य गर्दै अघि बढनु पर्ने आवश्यकता औल्याए प्रहरीलाई बर्दी सहितको नागरिक तथा नागरिकलाई बर्दी बिनाको प्रहरीको रुपमा चित्रित गर्दै उनले प्रहरी र नागरिकको सहकार्यबाट समाजमा शान्ति र अमन चयन कायम हुने बिश्वास ब्यक्त गरे ।


अपराध र अपराधी सँग कुनै पनि साँठगाँठ र सम्झौता नगर्न मातहतका प्रहरी कर्मचारीलाई कडा निर्देशन दिदै महानिरिक्षकले भने, त्यस्तो कुनै सूचना आए कारवाही गर्न मेरो हात काप्ने छैन । सहभागीहरुलाई स्वागत गर्दै प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जनतासँग सहकार्य गर्दै प्रहरी अघि बढेको र विगतको तुल्नामा अपराध नियन्त्रणमा धेरै हदसम्म सफलता मिलेको प्रस्ट पारे ।
उनले प्रहरीले बनाएको एक वर्षे सुरक्षा योजना प्रभावकारी बनाउन स्थानिय समाजका अगुवाले गरेको सहयोग महत्वपूर्ण रहेको भन्दै धन्यवाद समेत दिए । नेपाल सरकारको नियमित कार्यक्रम अन्तर्गत २ करोड ५१ लाखको लागतमा निर्माण भएको हिरासत कक्ष, कार्यालय प्रमुखको निवास र भान्सा घरले शान्ति सुरक्षा प्रवाहामा मद्दत पुग्ने उद्धघाटन समारोहमा सहभागिहरुले विश्वास व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button