महोत्तरीमा सिक्का पैसा चल्दैन



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको हाटबजारमा सिक्का पैसा चल्न छोडेको छ ।
सदरमुकाम जलेश्वरसहित जिल्लाका प्रमुख बजार बर्दिवास गौशला, रामगोपालपुर, लगायतका विभिन्न हाटबजारका पसलहरुमा सिक्का पैसाको लेन देन हुन छोडेको उपभोक्ताले गुनासो गरेका छन् ।
जिल्लाभित्र रहेका सानादेखि ठूला पसलेले अहिले खुद्रा (सिक्का) पैसाको कारोबार नगरेको देखिएको छ ।


जिल्ला सदरमुकाम जलेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक शिवशङ्कर यादवले हाटबजारमा सिक्का चले, नचलेको थाहा नभएको तर सर्वसाधारणले बैंकमा सिक्का पैसा ल्याए लिने गरेको बताए ।
उनले आम जनताले सिक्का पैसा एक÷दुई सय र पाँच सयको पोका बनाएर दिएमा मात्रै लिने गरेको प्रस्ट पारे ।
बैंकमा खुद्रा पैसा लिने गरेको जानकारी नभएका अभिभावकले आफूसँग भएको हजारौँ खुद्रा पैसा खेर गइरहेको बताउँछन् । सिक्का पैसा हाटबजार तथा पसलमा नचल्दा बालबालिकाले समेत अभिभावकसँग लिन मान्दैनन् जिल्लाको विभिन्न हाटबजार तथा घर–डेरासम्म भिक्षा माग्न आउने भिखारी समेतले सिक्का पैसा नलिने गरेको जिल्लावासीको गुनासो छ ।

सिक्का पैसा नचल्दा हुने गरेको सास्तीले जिल्लाका आम उपभोक्ताले सिक्का पैसाको व्यवस्थापन वा चलनचल्तीका लागि सरकारलाई ठोस कदम चालिदिन मागसमेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button