सीप क्षमतालाई अभिवृद्धि गरी रोजगारमुखी प्राविधिक शिक्षामा जोड दिईएको नगर प्रमुख कार्कीको भनाइ



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको बर्दिबास नगरपालिकालार्ई शैक्षिक हबको रुपमा विकास गर्न नगरपालिका भित्रका
सामुदायिक,निजी बिद्यालय र कलेजहरूमा बहुप्राविधिक विषयका कक्षा सञ्चालन गरिएको छ । नगरपालिकालाई शैक्षिक क्षेत्रको रुपमा चिनाउन र बर्दिवासको विकासलाई समउन्नत बनाई अगाडि बढाउन प्राविधिक विषय गत सालबाटै सञ्चालनमा ल्याईएको छ । प्राविधिक शिक्षाले विद्यार्थीहरूको सीप क्षमतालाई अभिवृद्धि गरी रोजगारमुखी बनाउने भएकाले प्राविधिक शिक्षामा जोड दिईएको बर्दिवास नगरपालिकाका प्रमुख बिदुर कार्कीको भनाई छ । उनका अनुसार नगरपालिका भित्र ५२ वटा सामुदायिक विद्यालय छन्। जसमा १९ वटा मावि र बाँकी आधारभूत विद्यालय छन्। करिब ३० वटा निजी बिद्यँलय छन्। दुईवटा बहुमुखी क्याम्पस छन्। त्यसमा इन्जिनिरिङ, इलेक्ट्रीकल विषय सञ्चालन गरिएको छ। निजी बिद्यालयमापनि १८ महिने प्राविधिक तालिम सञ्चालन भइरहेको छ । त्यसैगरी बर्दिवास ३ गौरीडाँडामा रहेको जनता मावि ‘सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको कृषि र भेटनरी बालीविज्ञान र पशु बिज्ञान सञ्चालनमा छ । सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षातर्फ सिभिल इन्जिनियरिङ कृषि कलेज पनि बर्दिबासमा सञ्चालनमा छन्।’ यसैगरीे शिक्षा व्यवस्थापनका लागि नगरपालिकाले चालु आर्थिक बर्षमा डेढ करोड बजेट निकासा गरेको छ । बर्दिवास नगरपालिकाभित्र सामुदायिक र निजी बिद्यालयमा करिब १४ हजार विद्यार्थीहरू अध्ययनरत छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button