सिरहामा बिद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ

मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहामा गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ परेका छन । पक्रउ पर्नेमा सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाकामा कार्यरत शिक्षक तारा बहादुर कार्की रहेका छन ।
कार्कीले गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ घर भएका १२ वर्षीय रितिक यादवलाई कुटपिट गरी बायाँ हात भाँचिदिएका हुन । हात भाँचेको अभियोगमा कार्कीलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए ।