नेपाल चेम्वर अफ कर्मस सर्लाही शाखाको गठन



रितिक अधिकारी
सर्लाही
सर्लाही जिल्लामा नेपाल चेम्वर अफ कर्मसको गठन गरिएको छ । व्यपारीहरुको हक हितको क्षेत्रमा काम गर्ने साझा संस्थाको रुपमा २ हजार ९ सालमा गठन भएको चेम्वर अफ कर्मसको ७० औँ शाखाको रुपमा सर्लाहीमा पनि जिल्ला चेम्वर अफ कर्मसको गठन गरिएको हो ।
साना तथा ठुला गरि करिब ७ हजार भन्दा बढीकोे संख्यामा सर्लाही जिल्लामा व्यावसायीहरु रहेका छन । जस मध्य जिल्ला नोपल चेम्वर अफ कर्मसमा ५ हजार जना व्यापारी व्यावसायीहरुलाई आवद्ध गराउने आफुहरुको लक्ष्य रहेको जिल्ला नेपाल चेम्वर अफ कर्मस सर्लाहीले जनाएको छ ।
रामभक्त प्रधानको अध्यक्षतामा गठन भएको जिल्ला चेम्वर अफ कर्मसमा १९ सदस्यीय समिति गठन गरिएको हो । जसको महा सचिव सुसिल कुमार चालिसे,हरिमन ठाकुर सचिव,एका कुमारी प्रसाई कोषाअध्यक्ष रहेको छन भने बैकुण्ठ सापकोटा,लालबाबु महत्तो र गजेन्द्र प्रसाद गुप्ता उपाअध्यक्षमा चयन भएका छन ।
जिल्ला नेपाल चेम्वर अफ कर्मसको गठन पछि जिल्लामा रहेका साना तथा ठुला व्यापारी व्यावसायीहरुको हितमा काम हुने र आफ्नो अधिकारबाट बञ्चीत हुनुपर्ने अवस्थाको अन्त्य भएको जिल्ला नेपाल चेम्वर अफ कर्मस सर्लाहीका महा सचिव चालिसेले बताए । शनिबार एक कार्यक्रमको आयोजना गरि गठित समिति सार्वजनीक गरिएको हो ।
उद्योग बाणिज्य महासंघले साना तथा तल्लो तहका व्यापारी व्यावसायीहरुका माग सम्बोधन नगरेको र गलत व्यापारीहरुलाई प्रशय दिएका कारण आफुहरु जिल्ला नेपाल चेम्वर अफ कर्मस गठन गर्न बाध्य भएको जिल्ला नेपाल चेम्वर अफ कर्मस सर्लाहीका सल्लाहकार नवराज मिश्रले बताए । गलत तथा गैर कानूनी तरिकाबाट काम गर्ने व्यापारीहरुलाई नियन्त्रण गर्दै ईमान्दारीताका साथ काम गर्न व्यापारी व्यावसायीहरुलाई जिल्ला नेपाल चेम्वर अफ कर्मस सर्लाहीका अध्यक्ष रामभक्त प्रधानले आग्रह गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button