सभामुखमा सापकोटाको उम्मेदवारी दर्ता



मेरो प्रदेश सम्वाददाता
काठमाण्डौ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको सभामुखकालागी उम्मेदवारी दर्ता गराएका छन् । सापकोटाको प्रस्तावकमा सुवास नेम्बाङ तथा समर्थकमा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्ती रहेका छन् । यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका एक नेताले बताए ।
उम्मेदवारी दता मंगलबार ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि समयावधि तोकिएको थियो । सभामुखको चुनाब यही माघ १२ गते हुने भएको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button