साम्यवादका प्रथम प्रयोगकर्ता



 


भ्लादिमिर इलियच उलियनोभ ‘लेनिन’ को जन्म १८७० मार्च २२ मा रुसमा भएको थियो । ‘लिना’ नदीको किनारमा साइबेरियास्थित आन्तरिक आप्रवासमा तीन वर्षको अवधि व्यतित गर्दाको अवस्थामा महान् क्रान्तिका नायक भ्लादिमिरले ‘लेनिन’ भन्ने पद धारण गरेको भन्ने इतिहास छ । तसर्थ लेनिन उनको थर होइन, उपनाम हो जसले ‘लिना’ नदीको चिनारी दिन्छ । बीसौँ शताब्दीका एक प्रखर क्रान्तिका महानायकको सन् १८९३ सेन्ट पिटर्सबर्गबाट एक सशक्त माक्र्सवादी क्रान्तिकारी नेताका रूपमा उदय भयो । लेनिनका दाजु एलेक्जेन्डरलाई जारशाहीले हत्या गरेपछि लेनिनमा निरङ्कुश जारशाहीका विरुद्धको आक्रोश अझै बढी सशक्त भएर आयो । लेनिनको तुलना नेपाली कम्युनिष्ट राजनीतिका महानायक पुष्पलाल ९श्रेष्ठ०सँग सामाजिक जीवनका केही पक्षमा गर्न सकिन्छ । किनभने नेपालमा पनि राणाशाहीले गङ्गालालको हत्या गरेपछि पुष्पलाल पनि राणाशाहीका विरुद्धमा समर्पित हुनुभयो ।
सन् १८९० को दशको अन्त्यतिर लेनिन माक्र्सवादको विशिष्ट सैद्धान्तिक व्याख्यातर्फ लागे । परिणामस्वरूप उनका प्रमुख कृतिहरू ‘द डेभलपमेन्ट अफ क्यापिटालिज्म इन रसिया ९१८९९०, ह्वाट इज टु बी डन रु ९१९०२०, ‘इम्पेरियालिज्म, द हाइएस्ट स्टेज अफ क्यापिटालिज्म’ ९१९१६० र स्टेट एण्ड रिभोलुसन ९१९१७० आदि नामक माक्र्सवादी दृष्टिकोणले निकै उच्चकोटीका पुस्तकहरू प्रकाशित भए । त्यसबखत लेनिनवादको उद्गमताको मौलिकता मुख्यतः तीनवटा विशिष्टतामा देखिन्छ– क्रान्तिकारी प्रतिबद्धता, माक्र्सवादी सिद्धान्तको पूर्ण ग्रहण र रुसी यथार्थवाद ।
माक्र्सवादी विश्लेषक श्याम श्रेष्ठका अनुसार लेनिनवाद अति कम विकसित वा गैर औद्योगिक राष्ट्रमा समेत समाजवादी क्रान्ति सम्भव छ र कुनै अमुक देशमा संसारका मजदुर एक नभईकनै पनि क्रान्ति सम्भव छ भन्ने सिद्धान्तमा आधारित छ । यसप्रकार माक्र्सले भनेजस्तो औद्योगिक राष्ट्रहरूमा मात्र क्रान्ति हुन सक्ने र पुँजीवादपश्चात् मात्र समाजवाद आउन सक्ने जुन सिद्धान्त प्रतिपादन गरेका थिएस त्योभन्दा धेरै फरक नभए पनि लेनिनवादले सामन्तवादबाटै समाजवादमा क्रान्तिका माध्यमबाट जान सकिन्छ र कृषि मजदुरबाट पनि समाजवादी क्रान्ति सम्भव छ भन्ने सन्देश दियो । त्यति मात्रै नभएर संसारका मजदुर एक नहुँदा पनि कुनै एक देशमा मात्रै पनि समाजवादी क्रान्ति हुन सक्छ भन्ने कुरोको नजिर त लेनिनले बोल्सेभिक क्रान्तिद्वारा रुसमा प्रमाणित गरे ।
सन् १९१७ को अक्टोबर क्रान्तिपछि लेनिनले सत्ता प्राप्त गर्नासाथै रुसको सम्पूर्ण उत्पादनका स्रोत र साधनलाई राष्ट्रियकरण गरे । उनको भनाइ थियो, पुँजीवादी व्यवस्थामा नपुग्दै रुस समाजवादी व्यवस्थामा अवतरण गरेको छ, इतिहासको द्वन्द्वता जहाँ क्रान्तिले रूपान्तरणमा ठूलो भूमिका खेल्छ र समाजवादको सन्निकटता प्रदान गर्दछ ।
लेनिन माक्र्सले जस्तो आदिम साम्यावादी व्यवस्थापश्चात् क्रमशः दासयुग, सामन्तवादी युग पुँजीवादी युग अनि समाजवादी युगमा अवतरण गर्ने जुन एकरेखीय उद्विकासवादको अवधारणा छ त्यसलाई हुबहु स्वीकार गर्ने पक्षमा देखिँदैनन् र त उनी रुसलाई सामन्तवादी युगबाट एकैपटक क्रान्तिका माध्यमबाट समाजवादी युगमा पुगेको ठहर गर्छन् ।
लेनिनको बुझाइ छ बुद्धिहीनहरू मात्र बुर्जवा प्रकृतिको प्रजातान्त्रिक रूपमान्तरणलाई सही मान्छन् । बुर्जवा प्रजातन्त्रले यथार्थमा अर्थ–राजनीतिक क्षेत्रको परिवर्तनमा ठूलो छलाङ मार्न सकिँदैन ९लेनिन १९०५० । तसर्थ रुसमा १९१७ बोल्सेभिक क्रान्तिपश्चात् पुँजीवादी व्यवस्थाको प्रादुर्भाव नहुँदै समाजवादको अपरिहार्यता देखे– लेनिनले । लेनिन खाँटी माक्र्सवादी त थिए तर उनी रुसको धरातलीय यथार्थलाई बुझी व्यावहारिक माक्र्सवादी प्रयोगकर्ताका रूपमा विशुद्ध रुसी माक्र्सवादी थिए ।
लेनिनले आफ्नो जीवनको अन्तिम समयतिर माक्र्सवादलाई कर्मकाण्डी बनाउने निर्जीव तथा अव्यावहारिक बनाउने प्रक्रिया र नीतिको विरोध गरेकाले उनी व्यावहारिक माक्र्सवादी हुन् । लेनिनको प्रमुख व्यावहारिक अनि सैद्धान्तिक प्रयोग र व्याख्यालाई बुँदागत रूपमा यसरी व्याख्या गर्न सकिन्छ ।

द्वन्द्ववाद ः सन् १९१४ देखि लेनिनले अन्तिम श्वाससम्म हेगेलको द्वन्द्ववादलाई माक्र्सवादी ढाँचामा अध्ययन गरिरहे । उनको यस सन्दर्भमा प्रमुख योगदान भनेको खराब तथा सही आदर्शवाद र भौतिकवादबीच अन्तर देखाउनु हो । लेनिनका अनुसार यो सम्पूर्ण विश्व दर्शन वा विचार मात्र नै यो संसारको यथार्थ वा आधार हो, भन्नु नै हेलेगको आदर्शवादको खराब पक्ष हो । साथै खराब भौतिकवाद चाहिँ भौतिक पदार्थमात्रै यो संसारको वा सामाजिक जीवको आधार हो भन्नुमा निहित छ । तसर्थ भौतिकवाद र आदर्शवाद जब सन्तुलित ढङ्गले एक आपसमा द्वन्द्ववादी नियमानुसार अन्तरघुलित हुन्छन् तब मात्र उत्तम प्रयोग सम्भव छ ।
साम्राज्यवाद ः माक्र्स र एङ्गेल्सले समेत विश्लेषण गर्न नसकेकोस लेनिनले बीसौँ शताब्दीको उत्तराद्र्धमा देखेको साम्राज्यवादको उत्खनन र विश्लेषण गरेका छन् । लेनिनको साम्राज्यवादसम्बन्धी विचारमा उपनिवेशवाद र एकाधिकार पुँजीवादको सम्मिश्रण वा फ्युजन पाइन्छ । ‘लेफ्ट– विङ्ग कम्युनिज्म’ १९२० मा उनले प्रथम विश्वयुद्धका बारेमा लेखे– लाखौँ मान्छेको हत्या गरी जर्मन वा बेलायतीहरू कसले यो संसार धेरैभन्दा धेरै लुट्ने त्यसको निर्णायक परिणाम थियो – प्रथम विश्वयुद्ध । उपनिवेशवाद र एकाधिकार पँुजीवाद नै साम्राज्यवादको आधार हो । तथापि हाल संसारमा उपनिवेशवादको स्थान बहुर्राष्ट्रिय कम्पनीले लिएको देख्न लेनिनले पाएनन् । देख्न पाउँदा फरक थप विश्लेषण आउने पक्का थियो । लेनिनका अनुसार साम्राज्यवाद किन संसारको मुख्य समस्याका रूपमा आउँदैन त रु भन्ने प्रश्नमा उनको तर्क छ– बुर्जुवापरस्त लेखक र आमसञ्चारहरूले उनीहरूलाई संरक्षण दिएका छन् ९लेनिन १९१७० ।

क्रान्ति ः माक्र्सभन्दा पृथक् दृष्टिकोण राख्दै लेनिन सर्वहाराहरूलाई वर्गको रूपमा परिणतपश्चात् क्रान्ति हुने भन्ने कुरासम्म धैर्य राख्न चाहेको देखिँदैन । उनी त ‘भेनगार्ड’ ९क्रान्तिकारी दस्ता० को नेतृत्वमा क्रान्ति सफल गरिनुपर्छ र क्रान्तिपश्चात् भेनगार्डले ‘सर्वहारा वर्गको अधिनायकत्व’ स्थापित गर्छ भन्नेका पक्षपाती देखिन्छन् । लेनिनले सर्वहारा वर्गलाई अन्तर्राष्ट्रिय शक्ति मान्छन् जसले गर्दा क्रान्तिको विश्वव्यापीकरण सम्भव छ । उनले ‘वान स्टेप फर्वाड, टु स्टेप ब्याक’ मा क्रान्ति र सिद्धान्तबीच सम्बन्ध स्थापित गरेका छन् । उनको कथन छ– सर्वहारा वर्ग निश्चित रूपले एक अपराजित शक्तिको रूपमा विश्व विजय गर्न सक्छ जब माक्र्सवादी सिद्धान्तमा उनीहरू आबद्ध हुन्छन् । कम्युनिष्टहरू जहिले पनि यथास्थितिवादका विरुद्ध क्रान्ति गर्न तयार अवस्थामा रहन्छन् । लेनिनले क्रान्तिका निमित्त सबैभन्दा कनिष्ठ औद्योगिक श्रमिक ९प्रोल्याटेरिएट० र ज्येष्ठ कृषि मजदुरबीच अन्तर्राष्ट्रिय गठबन्धन हुन आवश्यक छ भन्ने ठहर गरेका छन् ।

राज्य ः यथार्थमा माक्र्सले राज्य न आदिम साम्यवादमा थियो न त भविष्यमा नै हुनेछ भन्ने परिकल्पना गर्दै राज्यविहीन संसार र वर्गविहीन समाजको मत अघि सारेका थिए । लेनिनको कथन सर्वहारा वर्गको अधिनायकत्वमा रहने ‘सेन्ट्रलाइज स्टेट पावर’ को अपरिहार्यता औँल्याउँदै कर्मचारीतन्त्रको सट्टा ‘वर्कर्स काउन्सिल’ को अभ्यासमा तल्लीन थिए तर त्यो सम्भव र व्यावहारिक नहँुदा स्टालिन सत्तामा आएपछि त्यसको प्रयोग गरेनन् ।

डेमोक्रेटिक सेन्ट्रालिज्म ः लेनिनवादको एकप्रमुख अङ्ग डेमोक्रेटिक सेन्ट्रालिज्म हो । आफ्नो पुस्तक ‘वाट इज टु बि डन रु’ ९१९०२० मा यस अवधारणाको विकास गरेका थिए । यसको सार प्रजातान्त्रिक अभ्यासमा निहित छ जुन राजनीतिक नेतृत्वले निर्णय गर्दा अपनाइने प्रक्रियासँग र सम्पूर्ण पार्टी सदस्यसँग सम्बन्धित छ । जसको अर्थ खास चार तत्वसँग सम्बन्धित छ ।
पार्टीको तल्लो तप्कादेखि माथिल्लो पङ्क्ति निर्वाचित हुनैपर्छ ।
पार्टीका सम्बन्धित विभिन्न अङ्गहरूले निश्चित समयमा प्रगति विवरण सम्बन्धित निकायमा दिनैपर्छ ।
पार्टी पङ्क्ति कडा अनुशासन र पार्टी हाईकमाण्डको अधीनस्थ रहनु पर्छ ।
पार्टीको उच्च तप्काबाट भएका निर्णयहरू तल्लो तप्का र सदस्यहरूले स्वतः पालना गर्नुपर्ने हुन्छ ।
मानव प्रकृति, समाज र परिवर्तन ः लेनिनको तर्क थियो मानव प्रकृतिका बारेमा यही नै हो भनी ठम्याउन गाह्रो छस अनुमान लगाउन मात्र सकिन्छ । मानवको प्रकृति प्राकृतिक रूपले नै सामूहिकतामा रम्ने र अलगाव ९एलाइनेसन्० नचाहने हुन्छ । फगत पुँजीवादले सामूहिकतामा रम्ने मानव प्रकृतिलाई ‘एलाइनेटेड’ गरेको छ । क्रान्ति नै सम्पूर्ण मानव प्रकृतिका विरुद्ध रचना गरिएका प्रक्रिया र संरचना भत्काउन उपयुक्त अस्त्र र समानता र निःस्वार्थमा आधारित समाज सिर्जना गर्ने उपाय हो । उनको परिवर्तनसम्बन्धी विचारको सार भनेको सामाजिक परिवर्तन क्रान्तिकारी हुनुपर्छ न कि उद्विकासवादी ९विस्तारै हुने परिवर्तन० । यसका पछाडि तर्क के छ भने परिवर्तनलाई उद्विकासवादको जिम्मा लगाइयो भने यसको गति सुस्त हुन्छ र शोषित, दमितलाई शोषण गर्ने समय लम्बिन्छ । तसर्थ शोषणको समूल नष्ट क्रान्तिबाट नै गर्न सकिन्छ । पुँजीवादी समाज आफैँ सुधार हुँदैन । यसलाई क्रान्तिद्वारा नष्ट गर्नुपर्छ र वर्गीय विभेद र शोषणको पनि आफैँ अन्त्य हुन्छ । लेनिनको भनाइ छ, त्यो नै माक्र्सवादी हो जसले वर्गीय सङ्घर्षबाट सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्छ ।

उपसंहार ः लेनिनको जीवनसंसार १९ औँ शताब्दीको अन्त्य र २०औँ शताब्दीको आरम्भको समय थियो । क्रान्तिका महानायक, व्यावहारिक राजनीतिज्ञले राजनीतिक सिद्धान्त जुन मूलतः माक्र्सवादमा आधारित थियोस सोको व्यावहारिक अभ्यासमा लेनिन समर्पित थिए । क्रान्ति परिवर्तनको मुख्य वाहक हो र समाजवाद, वर्गीय शोषण र उत्पीडनको अन्त्यको एकमात्र शासनपद्धति हो । नेपालको संविधानले पनि माक्र्सवाद, लेनिनवादले देखाएको मार्गदर्शन अनुरूप– समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य होस भनी परिभाषित गरेको अवस्था छ । तसर्थ नेपालको धरातलीय यथार्थलाई मनन गरी संविधानको भावना अनुरूप एवं सरकारको नीति अनुरूप समृद्ध नेपाल र सुखी नेपाली’ को लक्ष्य पूर्ण गर्नुमा नै लेनिनवादको सार्थकता ठहरिनेछ ।
९लेखक भक्तपुर क्याम्पसमा समाजशास्त्र विभागका प्रमुख हुनुहुन्छ ।

साभार गोरखापत्र अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button