जिल्ला अदालत चितवनले रबि लामिछाने लागायतलाई दियो सफाइ

मेरो प्रदेश सम्वाददाता
चितवन
पत्रकार शालिकराम पुडासैनिलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रबि लामेछाने सहितका अन्यलाई जिल्ला अदालत चितवनले आइतबार सफाइ दिएको छ ।
न्यायाधीश हेमन्त रावलको इजलासले उनिहरुलाई सफाइ दिएको हो । यस अघि उनिहरु आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा धरौटी र तारेखमा रहेका अस्मिता भनिने रुकु कार्की र युवराज कंडेललाई पनि अदालतले सफाइ दिइएको छ ।