बर्दिवासमा आदिवासी जनजाती महोत्सव हुँदै



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्बय परिषद महोत्तरीले पर्यटन वर्ष २०२० लाई मध्य नजर गरी महोत्तरीको बर्दिवासमा महोत्सवको आयोजना गर्ने भएको छ ।
नगरलाई व्यापारिक केन्द्रको रुपमा थप बिकास गर्न र यहाँको जनजाती साँस्कृतिक पहिचान, भेषभुषा, हस्तकला, कृषी प्रवर्दन, औधोगिक प्रदर्शनी, व्यापार व्यवसाय लाई सुदृढ गर्न, मौलिक कलासँस्कृतीको जगेर्ना गर्दै आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणमा टेवा पुर्याउने उद्देश्यले महोत्सव गर्न लागिएको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्बय परिषद महोत्तरीका अध्यक्ष सन्तराज मोक्तानले बताए ।


उनका अनुसार महोत्सव यही माघ १६ गत्ते देखि २६ गतेसम्म आयोजना हुने भएको छ ।
महोत्सवमा २ सय ब्यपारीक स्टल रहने छ । महोत्सब करीब २ लाख मानिसले अवलोकन गर्न सक्ने छन ।
महोत्सवमा स्थानिय उत्पादनलाई प्रदर्र्शिनमा बिशेष स्थान दिईने छ । महोत्सवमा मुलुककै प्रसिद्ध र स्थानिय जनजाती कलाकारहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुति, कृषि मेला प्रदर्शनी र स्थानीय आदिवासी जनजाती भाषाभाषीका सांस्कृतिक झाँकी प्रदर्शन गरिने कार्यक्रम छ ।
मेला तयारीकालागी करिब ३० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button