विश्वकै सबैभन्दा होचो मानिस खगेन्द्र थापा मगरको निधन



मेरो प्रदेश सम्वाददाता
पोखरा
विश्वकै सबैभन्दा होचो मानिसमा कीर्तिमान कायम गरेका खगेन्द्र थापा मगरको शुक्रवार दिउँसो निधन भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई पोखरास्थित मणिपाल अस्पतालको सघन उपचारकक्ष (आईसीयू)मा भर्ना गरिएको थियो । थापाको निधन निमोनियाका कारण भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । बाग्लुङ धुल्लुवासकोट ६ घर भएका खगेन्द्र थापामगरको २०४९ साल असोज १८ गते जन्मिँदा तौल ६ सय ग्राम मात्र थियो भने अहिलेको तौल ५ दशमलव ५ किलोग्राम मात्र थियो । ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च उचाइ भएका थापामगरले २०६७ साल असोज २८ गत्ते विश्वकै होचा व्यक्तिका रूपमा ‘गिनिज बुकमा नाम लेखाउन सफल भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button