बुलेटबाट ग्यास लिक भएपछि पथलैया वीरगञ्ज सडकखण्ड अवरुद्ध



मेरो प्रदेश सम्वाददाता
बारा
भारतको रक्सौलबाट ग्यास भरेर नेपाल आउँदै गरेकोे बुलेट बाराको जितपुर सिमरा उपमहानगरपालिका २ सूर्य नेपाल अगाडि आइपुग्दा ग्यास लिक भएको थाहा भएपछी पथलैया,वीरगञ्ज सडकखण्ड बिहिवार अवरुद्ध गरिएकोे छ । बुलेटबाट ग्यास लिक भएपछि पथलैया र जितपुरमा सबै सवारी साधन रोकिएको हो । ग्यास लिक भएका कारण प्राविधिक बोलाएर ग्यास नियन्त्रणको प्रयास भइरहेको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीका अनुसार आसपासमा बस्ती समेत रहेकाले सतर्कता अपनाइएको छ ।’ राजमार्गमा वीरगञ्जबाट विभिन्न शहरका लागि छुटेका रात्रिबस, मालबहाक सवारी साधन सयौंको संख्यामा सडकमा रोकिएका छन्। केही महिनाअघि पनि जीतपुरसिमराकै अम्लेखगञ्जमा बुलेटबाट ग्यास लिकेज भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button