धनकला संग दश लाख ठगी गर्ने सात जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
कैलाली
चिट्ठा परेको भनेर दश लाख चार हजार ठगी गरेको अभियोगमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको सुन्दर हरैचा नगरपालिकाका आइएमइ सञ्चालक इन्दिरा पुरी, मनमोहनबहादुर अधिकारी, विराटनगर सजिलो मनीट्रान्सफर सञ्चालक विश्वनाथ राजवंशी, रङगेली नगरपालिकाका भवेशकुमार मण्डल, र अब्दुल सलाम, भारतको बिहार प्रदेश अररिया जिल्लाका शतिष मण्डल र मोइसु रहेका छन्।


उनिहरुले कैलालीको घोडाघोडी नगरपालिकाकी धनकला धामीलाइ विभिन्न मितिमा दश लाख चार हजार ठगी गरेको प्रहरीले जनाएको छ।

पीडित धामीले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button