प्रदेश २ संघीय सरकारको प्राथमिकतामा ,, अर्थमन्त्री खतिवडा



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
अर्थमन्त्री युवराज खतिवडाले प्रदेश २ को विकास र समृद्धि संघिय सरकारको मुख्य प्राथमिकतामा रहेको बताएकाछन ।
महोत्तरीको बर्दिबासमा शनिबार मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश न.२ जनकपूरधामले आयोजना गरेको प्रदेश समन्वय बैठकमा प्रमुख अतिथीको रुपमा बोल्दै उनले सो कुरा बताएका हुन ।
उनले २० भन्दा बढी राष्ट्रिय योजनाहरु यस प्रदेशको योजनामापरेको जानकारी दिदै योजनाहरु सम्पन्न भएपछि प्रदेश २ को कायापलट हुने दावी गरे । पूर्वपश्चिम रेल, पूर्वपश्चिम राजमार्गको स्तरोन्नती, राजमार्गदेखि सदरमुकाम जोडने सडकहरु निर्माण, हुलाकी सडक निर्माण, सिंचाई र विद्युतको योजनाहरु मुख्य रुपमा रहेको जानकारी दिए ।
प्रदेशमा सिंचाई र विद्युतको आवश्यकतालाई पूर्ति गर्न सुनकोसी मरिन डाइभर्सन तथा कमला सुनकोसी डाइभर्सनको काम शुरु भइसकेको बताउदै अर्थमन्त्री खतिवडाले यी डाइभर्सनहरुबाट प्रदेश २ को सिंचाई र विद्युतको समस्या समाधान हुने बताए ।सुनकोसी मरिन डाइभर्सनको लागि अढाई अर्ब रुपैया विनियोजन गरिएको र यसले सर्लाही, रौतहट, बारा, पर्सामा यसबाट सिंचाई र विद्युत पुग्ने उनको भनाई छ ।
त्यसैगरी ढल्केवर मुजफरपुर प्रसारण लाइनमा तामाकोसी सम्पन्न भएपछि जोडिने हुदाँ प्रदेश २ मा विजुलीको समेत कुनै संकट नहुने जानकारी समेत उनले दिए ।


उनले बिगतमा नीति निर्माण अनुसार काम नगरेको कारणले देशमा भ्रष्टाचार बढेको बताउ्दै उनले भ्रष्टाचार निवारणको लागि सबै नगरपालिका र गाउँपालिकाहरुले एक भएर नीति निर्माण गर्नुपर्ने र सोही अनुसार काम, कारवाहीलाई कार्यान्वयन गर्नुपर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए । संघीय सरकार सुशासन ल्याउन हरसम्भव प्रयत्न थालेको भन्दै ‘निर्वाचनमा हुने बढी खर्च तथा सरकारी कार्यालयमा हुने भ्रष्टाचार न्यूनीकरणको लागि सरकार लागि परेको उल्लेख गरे ।’
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन प्रसाद घिमिरेले आर्थिक कार्यविधिहरु राम्रोसंग प्रयोगमा नआएको कारणले भ्रष्टाचार मौलाएको बताए । उनले प्रदेश २ मा भ्रष्टाचारका बढी गुनासाहरु आउने गरेको बताउदै पालिकाहरुलाई सुशासनको लागि आर्थिक कार्यविधि अनुसार काम गर्न निर्देशन दिए ।
भ्रष्टाचारले प्रदेशलाई नै कमजोर बनाउने भएकोले प्रदेश सरकारले पनि सुशासनको निमित्त चनाखो हुनुपर्नेमा जोड दिदै आयुक्त घिमिरेले ‘सुशासनको निमित्त स्थानीय तहहरुको भूमिका महत्व हुने भएकोले पालिकाहरुले बढी यसमा ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँंडेलले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा प्रदेश २ कमजोर रहेको बताउदै राष्ट्रिय योजना आयोगले सहयोग गर्न आवश्यक कदम चालेको जानकारी दिए । उनले दिगो विकासका लागि प्रदेश सरकार र स्थानीय तहहरुले २५ वर्षिय दिर्घकालिन योजना बनाउनुपर्नेमा यस प्रदेशमा कतिपयले ३ वर्षिय र ५ वर्षिय योजना बनाएको उनको भनाई छ । उनले ३ वर्षिय योजना कति पालिकाहरुले बनाउनुभएको छ भनेर सोध्दा ३ जना उठेर आफुहरुले बनाएको बताउँदा सभाहलमा हाँसो उठेको थियो ।
उपाध्यक्ष कँडेलले हरेक स्थानीय सरकारले नीति निर्माणको काम गर्दा योजनाहरू तर्जुमा गरेर परियोजना निर्माण गर्दा विकास हुने कुरा प्रस्ट पारे । दिगो विकासले राष्ट्रलाई समुन्नत बनाउने बताउदै उनले २५ वर्षमा देशलाई विकसित देशको सूचीमा लग्ने गरी सरकारले काम गरिरहेको जानकारी दिए ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको मुख्य योजनाहरुमा बेटी पढाऊ बेटी बचाऊ अभियान रहेको भन्दै यो अभियानलाई सफल बनाउन सबै पालिकाहरुलाई आग्रह गरे । उनले भ्रष्टाचारमुक्त प्रदेश बनाउन प्रदेश सरकार लागिपरेको बताउदैे यसमा सबैको सहयोग र समन्वय रहे भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गरे ।
आइतबारसम्म चल्ने सो कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, पदाधिकारीहरु, सबै पालिकाका प्रमुख, उपप्रमुख र प्रशासकिय अधिकृत तथा प्रदेशको नीति आयोगका पदाधिकारीहरुको सहभागिता रहेको छ । प्रदेश २ का मुख्य सचिव रामकृष्ण सुवेदीले विकास, समृद्धि तथा सुशासन जस्ता विषयवस्तुहरुमा कार्यपत्र प्रस्तुत र छलफल हुने जानकारी दिदै कार्यक्रम आइतबार समापन हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button