शान्ति सेनालाई सतर्क रहन नेपाली सेनाको निर्देशन



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


नेपाली सेनाले बुधवार एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म नेपाली शान्ति सेना इराकमा सकुशल रहेको बताएको छ ।
नेपाली सेना इराकमा शान्ति स्थापनाका लागि खटेकाले शान्ति सेनालाई इराकमा सतर्क रहन समेत सेनाले निर्देशन दिएको छ ।
त्यसैगरी, लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कता अपाउन, निरन्तर रुपमा अनुगमन गर्न र शान्ति सेनाको मिशन मुख्यालय र नेपाल सेना निर्देशानालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएको छ ।
अमेरिकी कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थालेपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सेनालाई सतर्क हुन निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button