वर्तमान नेपालको राजनीति र बुद्धिजिवीहरुको अवस्था



(लेख)
रितिक अधिकारी
सर्लाही
अघिल्लो पटक प्रधानमन्त्री छदा केपी शर्मा ओलीले व्याङ्ग्यात्मक तरिकाले भनेका थिए । “मुसाले दाँत लामो भएपछि छोट्याउन कोट काट्छ खानका लागि होइृन हाम्रा बुद्धिजिवीहरु पनि कोट काट्ने मुसा जस्तै हुन।”
हालसालै एउटा क्रिस्चियन नजिकको गैर सरकारी संस्थाको कार्यक्रममा सरकारको सक्रिय सहभागीतालाई लिएर बौद्धिक क्षेत्रबाट त्यसको चर्काे आलोचना भएको छ । सरकारको आलोचनाको सन्दर्भ प्रधानमन्त्री ज्युले बुद्धिजिवीहरुको खरो अलोचना गर्दै भने । बुद्धिजिवीहरु थलापर्ने छन, भन्दै आफ्नो प्रस्तुती दिए । मानौाकी आफ्नो सरकारको कसैले आलोचना नगरुन र देशका तमाम बुद्धिजिवीहरुले आँखा चिम्लीएर सर्मथन गरुन अनि मात्र लोकतान्त्रीक प्रक्रिया हुन्छ ।
यो प्रसंगमा उठान गर्न खोजिएको विषय कुनै पनि राज्यसक्ताको चरित्र सर्व वर्गहित नभएर एउटा वर्गको स्वार्थ पुरागर्ने र विपरित वर्गको शोषण गर्ने,बुद्धिजिवीहरु पनि सक्ता पक्ष र प्रतिपक्षका हुन्छन र हुँदै आएका छन भन्ने मात्र हो । हरेक पार्टीका आफ्नै बुद्धिजिवी भातृ संघ÷संगठन छन ती बुद्धिजिवीको काम आफ्नो मातृपार्टीको पक्ष विचार अभिव्याक्त गर्न जनमत हो । यो विश्व राजनीतिको अवस्था तथा बर्तमान राज्यसक्ताको वर्ग चरित्र र ओली सरकारलाई हेर्ने सन्र्दभमा नेपालका बृद्धिजिवीहरु पनि खासगरी दुई खेमामा देखियो जो अहिलेको संसदिय व्यावस्थालाई नै आमुल परिर्वतन देख्छ ।यसै भित्रबाट सामान्य कमि कमजोरी सच्याए यहि व्यावस्था पुर्ण बन्छ । चरित्र एउटै भएको भएपनि आफ्नो मातृ पार्टी सरकारमा रहेको समयमा त्यसको आँखा चिम्लीएर सर्मथन र बचाउ गर्नु साथै अरुको विरोध गर्नु रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट बुद्धिजिवीहरु र नेपाली कांग्रेस निकट रहेको प्रजातान्त्रीक विचार मंच,पुर्व पञ्चहरुको समुह र मधेशबादी दलहरु निकटका समुहहरु जो जे भने पनि खासमा यी बुद्धिजिवीहरु एउटै वर्ग चरित्र भएका महान नेपाली बुद्धिजिवीहरु हुन । जसरी हिजो एउटै टपरीमा चाटी चाटी जुठो भात खाए अहिले उनिहरु नै फरक फरक विचार धारका हुन भन्दा आखिर हिजोको पञ्चे र अहिले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले सञ्चालन गरेको सरकार तथा सक्तामा फरक के रह्यो भन्ने एउटा सामान्य नागरीकले पनि सोच्न सक्ने विषय हो । जसरी सरकारलाई निर्देशन सल्लाह सुझाव दिने बुद्धिजिवी संघ÷संगठन नै जुठोमा पल्कीएका छन उनिहरुको सल्लाह सुझाबबाट सञ्चालीत सरकारले सर्वहारा वर्गको हितमा काम गर्यो कि गरेन वा गर्ला की नगर्ला भन्ने आफैँ प्रस्ट हुन्छ ।
विगतको इतिहाँस हेर्दा राणा शासन,साही शासन र अन्याय,अत्याचार विरुद्ध क्रान्तीको विचार फैलाउने बुद्धिजिवीहरु थिए । तर अहिलेका बुद्धिजिवीहरु अलि थाकेका हुनकी,सल्लाह दिन अलि गार्हो भएको हो की ? हामीले बुद्धिजिवीहरु बर्गमा विभाजित हुन्छन भन्ने इतिहास हेर्दा बिसौँ सताब्दीतिर माधवराज जोशीले मुर्तिपुजा,कर्म काण्ड गर्दा, जातपातको आलोचना गर्दा चन्द्रशम्शेरको भारदारी सभामा कुटपिट गरेर जेल हालिएको थियो । १९६२ सालको यो दमनमा तत्कालीन वढा गुरु ज्यू,प्रयागराजको ठुलो भुमिका थियो ।त्यसको तीन दशक पछि माधवराजका छोरा शुक्रराजलाई नेवार भएर वेद पढेको र भागवत गीताको सार्वजनिक व्याख्या गरेको भन्दै कैद सजाय गरेको पाइन्छ । भने त्यसबेलाको सापेक्षतामा तत्कालिन अन्याय,शोषण र कुरिती विरुद्ध फल्गुनानन्द र योगमायाको समुहलाई धरपकट भएको र दमन गरेको सर्ववितितै छ ।
अन्र्तराष्ट्रिय रुपमै हेर्दा पनि यथेन्सका शासकहरुले दार्शनिक शुकरातलाई थुन्ने र यातना दिने गरेका थिए । त्यसको कारण सुकरातले समाजलाई यथास्थितीबाट परिवर्तन गर्दै वैज्ञानिक सोच र चिन्तनको विस्तारमा लागेको आरोप छ । तर उनि आफ्नो विचारमा हलचल नगरि बरु आफैँ बिष पिउन तयार भए । पछिल्लो समयमा समाज परिवर्तनका विश्व विख्यात कार्ल माक्र्सले विश्वका शोषित,उत्पीडित जन्ताको मुक्तीको लागि पथ प्रदर्शक सिद्धान्तको प्रतिपादन गरेर विश्वका सर्वहारा जन्तालाई जगाएको कारण जर्मन सरकारले कार्लमाक्र्सलाई देश निकाला गर्यो ।किनकी कालैमाक्र्स विश्वका उत्पीडित जन्ताका महान बौद्धिक व्यत्तित्व थिए । यो त एउटा उद्धाहरण मात्र हो ।विश्व राजनीतिमा सबै राज्यसक्ताका सर्मथक र विरोधी दुबै सोच राख्ने बुद्धिजिवी हुन्छन र राज्य सक्ता रहेसम्म यो अवस्था रहि रहन्छ । माथि उल्लेखित बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सन्दर्भमा पनि बुद्धिजिवीहरुको फरक फरक यात्रा देखिनु र विश्वका बुद्धिजिवीहरु र नेपाली राजनीतिका बुद्धिजिवीहरुको बीचमा तुलना गर्न मात्र हो ।
जसरी प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जन्तालाई बाँडेको ठुलो विकासको आवश्वासन जो पुर्व पश्चिम रेल कुदाउने,घरघरमा ग्यास चुल्हो बाल्ने,हावाबाट विजुली निकाल्ने,ठुला नदीमा पानी जहाज कुदाउने जस्ता कुरामा नेपालका बुद्धिजिवीहरुले अलि कती सुझाब दिएको भए यी तत्काल सम्भव नहुने विकासका सपना प्रधानमन्त्री ज्यूबाट बाडिने थिएन होला । यस्तै सामान्य विषय वस्तुका कारण पनि नेपाली बुद्धिजिवीहरु दुई खेमामा बाँडिएका छन ।
जुन बुद्धिजिवीहरुले प्रधानमन्त्री ज्युको सर्मथनमा जयजयकार गर्न थाले उनिहरु प्रधानमन्त्री ज्यूका प्यारा भए जस्ले यो असम्भव छ अहिले सम्भव हुदैन भन्न थाले उनिहरु प्रधानमन्त्री ज्युको नजरमा खराब हुन थाले । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले ल्याएका योजना हावादारी र असम्भव भन्ने बुद्धिजिवीहरु माथि भनिए झैँ कोट काट्ने मुसा र एकै भनाईमा थला पार्दिने भन्ने बुद्धिजिवीहरु भनेको प्रधानमन्त्री ज्युको जयजयकार नगर्ने बुद्धिजिवीहरु नै हुन ।
नेपालको खराब सस्कृति चाकरीबाजका कारण शक्तिशालीले चाकरी खोज्छ प्रसंसै प्रसंसा खोज्छ भ्रमको खेतीबाट जन्तालाई उल्लु बनाउनु आफु सहि भएको आत्मारती गर्नु प्रत्येक शासकको सस्कृति हो । जो चाकरी गर्दैन यो जतिसुकै महान भएपनि उसको अस्तीत्व माटो मुनी नै हुन्छ । जसले चाकरी गर्दैन वास्तविकता भन्छ बोल्छ त्यो चाहे विश्व विख्यात बुद्धिजिवी नै किन नहोस उ नेपाली समाजका लागि कोट काट्ने मुसा झै हो । यो हाम्रो नेपाली समाजको एक परम्परा हो । शासकलाई चाकरी बाजले हजुरको बस्त्र अद्भुत राम्रो छ भन्छ तर यर्थाथमा सम्राट नाङ्गै हुन्छ । आफु नाङ्गै हुँदा पनि चाकरीबाजले साह्रै राम्रो बस्त्र भन्दा उ मख्ख हुन्छ । सम्राट प्रसंसाको भोको हुन्छ । वैज्ञानिक समाज,वैज्ञानिक सस्कृति र समानता चाहनेहरुले रचनात्कम आलोचना मन पराउँछन जन्तालाई आलोचनात्मक चेत भएको देख्न चाहन्छन किनकी उनिहरुलाई शासन होईन जनसेवी बन्नु छ र त्यहि नियम राख्छन । प्रसंसा मन पराउँदैन्न द्धन्द्धात्मक भौतिकबादको मान्यता नै आलोचनात्मक बन्नु हो ।
नेपालको अहिलेको राज्य सक्ता सञ्चालन एकात्मक र साम्राज्यबादी भएको त होईन ? त्यहा जननेता गएका छन की स्वार्थले लिप्त भएका नेता गएका छन ? आखिर विकास निर्माणको काम कति भयो ? कसरी हुँदै छ ? के यो विषयमा नेपालका बुद्धिजिवीहरुले सुझाव दिनु पर्ने होईन र ?यस बारेमा परिवर्तन चाहने बौद्धिक वर्गहरुले जन्तालाई भ्रम मुक्ता पार्ने गरि वास्तविकता बाहिर ल्याउन आवश्यक छैन र ? यी सबै प्रश्नको जवाफ एउटै छ त्यो हो चाकरीबाजले थामेको मेरो देश र चाकरीबाज चाहने नेपालका सर्वहारा वर्गका जन्ताका साम्राज्यबादी,सामन्त नेता तथा नेतृत्व । नेपालमा जनबादी क्रान्ती सम्पनन भयो रे अब समाजबादमा जाने रे आखिर नेपालमा समाजबादी क्रान्ती कहिले भयो ? जन्तालाई जवाफ दिने कि नदिने नेता ज्यू ? समाजबादी क्रान्ती पुरा हुन जनतन्त्र र राष्ट्रियताका आधारभुत उजेण्डा पुरा भयो त ? नेपाल र भारत बीचको असमान सन्धी सम्झौता खारेज भयो ? क्रान्तीकारी भुमिसुधार पुरा भयो ? आर्थिक समाजिक सास्कृतिक क्षेत्रका सामन्ती संस्कृतिका अन्त्य भयो ? के राजतन्त्र हट्दैमा नयाँ जनबाद आयो ? भन्न मिल्छ । वस्तुगत आधार विचार प्रचार गरिरहेको अवस्था छ । नेकपाको दुई तिहाईको सरकारले अहिले जन्ताको पक्षमा थोरै भएपनि नैतिकवाद,संवेदनसिल भएर काम गरि दिए नेपाली जन्ताले आगामि चुनावको संकेत देखाउने थिए की ?
देशमा अहिले चरम भ्रष्टाचार,हत्या हिँसा,बलात्कार बढेको छ र राष्ट्रियता खतरामा छ । निमर्ला जस्ता दर्जनौँ बालिका बलात्कारको सिकार भई हत्या भएका छन । अन्यायमा परेका छन । कर र महंगीले हुँदा खाने नेपालीको ढाड सेकोको कुरा सरकारलाई थाहा छैन बुद्धिजिवीहरु ? देशमा बेरोजगारीका कारण लाखौँ नेपाली युवाहरु दिनप्रति दिन खाडीमा भासिन बाध्य भएका छन ।
आन्तरीक खिचातानी देखि लिएर बाह्य शक्तिहरुले देशलाई गिद्धे नजर लगाई रहेको समयमा सरकार र नेपालका राजनैतिक दलका नेताहरु मौन बस्नुले रोम जलि रहेको समयमा रोमका राजा निरो बासुरी बजाएर मनोरन्जन गरि रहे जस्तो महसुस गरि रहेको छ । यो अवस्थामा नेपालका बुद्धिजिवीहरुले बैचारीक प्रतिबाद गर्न आवश्यक ठान्दछ । खासगरी माक्र्सबादी बुद्धिजिवीहरुले माक्र्सबादको विचारको कसिमा रहेर बर्तमान सामाजको अवस्था विश्व परिस्थिती,नेपालको राज्य सक्ताको वर्ग चरित्रको वर्णका विषयमा कलम चलाउने समय आएको होईन र ?
किनकी चरम रुपमा देखिएको कम्युनिष्ट नेताहरुको गैर कम्युनिष्टबादी चरित्र,कार्यशैली,व्यावहार अब पनि परिर्वतन नहुने हो भने अबको केही वर्ष भित्रमा नेपालमा कम्युनिष्टको खोल ओडेका नेता कार्यकर्ताहरुको नाम ईतिहासमा मात्र भेट्न पाईने छ । यो अवस्थामा माक्र्सबादी बुद्धिजिवीहरुले तमासा हेरेर बस्न सुहाउँदैन । आफ्नो धर्म नविर्सन पनि बुद्धिजिवीहरुलाई मेरो आग्रह छ । एउटा वर्गका बुद्धिजिवीहरुले अर्काे वर्गको पक्षमा बोल्दैनन् लेख्दैन्न थाहा छ । तर कमसेकम आफ्नो वर्गलाई पनि असल सुझाब दिन सक्नु पर्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button