भ्रष्टाचार निवारण प्रशिक्षणमा अख्तियारका कर्मचारी



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले ‘ठगी, घूसखोरी र भ्रष्टाचार निवारण’ विषयमा प्रशिक्षण लिइरहेका छन् । सोमवारदेखि शुरु भएको छ दिने प्रशिक्षणबाट आयोगका कर्मचारीको क्षमता विकास हुने विश्वास लिईएको छ । नेपाल सरकारको आग्रहमा आयोगका ४२ अधिकारीका लागी तयार पारिएकोे यो एक विशेष कोर्ष हो ।
नेपालमा भ्रष्टाचारका गतिविधिहरुमा अंकुश लगाउन एवम् सुशासन कायम राख्न यो कोर्षले आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्नेछ ।
भारत गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा आयोगका २१ जना कर्मचारीले प्रशिक्षण लिइरहेको नेपालस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ तथा उपयोगी विचारसहित अनुसन्धान कार्यलाई अघि बढाउन सो प्रशिक्षणले कर्मचारीलाई सक्षम बनाएको दूतावासको दावी छ ।
। मुख्यतः भ्रष्टाचारका कारकहरुको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरुमा यो कोर्ष केन्द्रित रहेको दूतावासले जनाएको छ । यसअघि आयोगकै २१ जना कर्मचारीले मङ्सिर ३० गतेदेखि पुस ५ गतेसम्म प्रशिक्षण लिइसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button