उखु उद्योगमा पुग्नासाथ किसानको रकम बैंक खातामा पठाइने

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले विहीबार राष्ट्रिय सभामा जवाफ दिदै उखु उद्योगमा पुग्नासाथ उखुको रकम किसानको बैंक खातामा जम्मा गर्ने व्यवस्थाको तयारी भएको बताए् ।
उनले किसानको लागि त्यस्तो व्यवस्थाको अध्ययन, उद्योगका समस्या र समाधानका लागि कार्यदल गठन गरेको बताए ।
चिनी उद्योगीका पनि समस्या रहेको उल्लेख गर्दै उनले तिनलाई सरकारले हल गर्न कार्यदलले सुझाव दिने जानकारी दिए । ५ बर्षसम्म पनि किसानले उखुको रकम नपाएको भन्दै किसान राजधानीमा आन्दोलित छन् । चिनी मिल सञ्चालकले हालसम्म रकम नदिएपछि किसानको आन्दोलनले सरकार पेचिलो मोडमा पुर्याएको थियो ।