मिडिया बुर्जुवाको हातमा रहेकोले सञ्चाकर्मी सजक हुनुपर्नेमा प्रचन्डको जोड



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको अन्तरराष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएकोले त्यसमा पनि इन्टरनेट र डिजिटलाइज्डले मुख्यरूपमा काम गरेको उल्लेख गरे । अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र समृद्धिका लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीलाई आग्रह गरेका छन् । समाजको सामाजिक न्याय, समृद्धिको लडाईंमा कम्युनिष्टले सबैभन्दा अगाडि रहेर बलिदान दिएको तथ्य पेश गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रको एकता र समृद्धिका लागि समेत सरकार र पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारे ।
उनले विचारमा एकरुपता भए मात्रै एकीकृत पार्टीले लिएको उद्देश्य प्राप्त हुने भएकाले एकीकृत भएर अगाडि बढ्न प्रेस सङ्गठन नेपाललाई निर्देशन दिए । नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूलाठूला परिवर्तन भएकाले परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यो कुनै हालतमा सफल हुन नसक्ने दाबी गरे ।
प्रचण्डले जनताका पक्षधर सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने प्रस्ट पार्दै
मिडिया बुर्जुवाको हातमा रहेकोले यसप्रति सञ्चाकर्मी सजक हुनुपर्नेमा जोड जोड दिए । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिबद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको उनकोे भनाइ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button