हटाइयो दशगजा क्षेत्रका भौतिक संरचना



मेरो प्रदेश सम्वाददाता
रौतहट
नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीको संयुक्त पहलमा रौतहटको दशगजा क्षेत्रमा बनाइएका भौतिक संरचना हटाउने कार्य सुरु भएको छ । जंगे, मझौला तथा साना पिल्लरहरुलाई समेत नोक्सानी पुग्ने गरी बनाइएका भौतिक संरचना भत्काइएको सशस्त्र प्रहरी बल ११ नम्बर गणका गणपति रवीनराज कर्ण्जितले बताए


त्यसैगरी सीमा क्षेत्रमा निर्माण भएका गाईगोठ, घरटहरा, पसल तथा बजार हटाउन सुरु गरिएको हो । पुस ६ गते सशस्त्र प्रहरी बल ११ नम्बर गणका गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)का प्रतिनिधिको बैठकले दशगजा क्षेत्रमा रहेका भौतिक संरचना हटाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शुक्रबारदेखि रौतहटको पश्चिमी सीमा क्षेत्रबाट काम सुरु गरिएको छ ।यहाँको दशगजा क्षेत्रको अधिकांश भूभागलाई दुवैतर्फका स्थानीयवासीले निजी कामका लागि प्रयोग गर्दै आएका थिए। भारतीय नागरिकहरुले दशगजामा रहेका भूभागलाई खेतका रुपमा प्रयोग गर्ने गरेका छन्। नेपालको परोहा नगरपालिका–७ र ८ नरकटिया गाउँ र भारततर्फ मोतिहारी ज्लिलाको कबैया पञ्चायत–६ खर्सलवा बीचमा पर्ने भौतिक संरचना हटाईएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button