आज श्रीकृष्ण जन्माष्टमी भगवान श्री कृष्णकाे श्रद्धा–भक्तिपूर्वक पूजा अर्चना गरी मनाइदैं



आज मंगलबार ‘श्रीकृष्ण जन्माष्टमी’ भगवान श्री कृष्णकाे श्रद्धा–भक्तिपूर्वक पूजा अर्चना गरी मनाइदैं छ ।  वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण भगवानलाइ ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मान्दछन् ।


यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष दिनभर  व्रत गरेर रातभर जाग्राम बस्ने प्रचलन छ । तर यस पटक काेराेनाभाइरस काेभिड १९ का कारण प्रवचन, भजनकीर्तन जस्ता धार्मिक अनुष्ठान नभएपनि  घर नजिकै श्री कृष्ण मन्दिर हुनेले मन्दिरमा र घर नजिक मन्दिर नहुनेले भगवानकाे मुर्ती तथा फाेटाेमा पूजापाठ गरेर मनाउदै छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा  माता देवकीकाे गर्भबाट भएकाे थियाे । त्यसैले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र आजको   रातलाई ‘मोहरात्रि’ पनि   भनिन्छ ।

श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न आफ्नाे जीवन खर्चिनु भयाे ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ हिन्दु धर्मालम्बीकाे पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।

यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६४ पछि विदा कटाैती गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button