——————आमाको लागि समर्पण———-

गजल
कसले देखेको छ यहाँ आमाले आँसु बगाएको
वर्षौ भएको छ आज मेरो घरबाट बा हराएको
मलाई लोरी सुनाउदैनहनुहुन्थ्यो म निदाउनु अघि
कति भयो होला आमाको आँखा ननिदाएको
पैतालाले काँडा टेक्दै कयौं खोला जंघार तर्दै
कहाँ मैले बिर्सेको छु र आमाले हिँडन सिकाएको
भगवान हुन तेरा बा भन्नुहुन्थ्यो मेरी आमाले
कसरी देखाऊँ बा को यादले यो मुटु जलाएको
कस्तो थियो बा को अनुहार थाहा छैन मलाई
कल्पिन्छु हेरेर भित्ताको तस्वीर आमाले बनाएको।।
पुष्प अधिकारी अञ्जलि
भरतपुर चितवन