अचेल को साहित्य जमातले थोरै देश लेख्ने ,युग बोल्ने लेख्छन् ः मिना देवकोटा



नेपाली साहित्यका विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा रहेका नेपाली साहित्यप्रेमीहरुले विभिन्न कार्यक्रम गरी मनाउदै छन् ।


महाकवि देवकोटाको जन्म विसं १९६६ कार्तिक कृष्ण औँसी अर्थात् आज लक्ष्मीपूजाकै दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । लक्ष्मीपूजाको दिन जन्म भएकोले उहाँको नाम लक्ष्मीप्रसाद राखिएको हो ।

दश वर्षको सानै उमेरदेखि कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविताहरु प्रकाशित छन् ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सर्वाधिक बिक्री भएको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवत्र्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्किन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दुवै दर्शनको मिश्रण पाइन्छ ।

देवकोटा जयन्यतीको अवसरमा साहित्यप्रेमी सर्लाही साहित्य समाज सिन्धुलीकि चेली आदरणी मिना देवकोटा दिदी संग मेरो प्रदेश अनलाइ टिभीले संक्षिप्त कुरा गरेको छ । उहाँको जन्म सिन्धुली को जरायो टार गा .वि.स वडा न.४क्वामिन डाँडा मा विसं २०२६ कार्तिक १२ गते भएको थियो । प्रस्तुत छ मिना देवकोटा दिदी संग मेरो प्रदेश अनलाइ टिभीले गरेको संक्षिप्त कुराकानी

सन्चै हुनुहुन्छ ?
हजुर सन्चै छु

अचेल के मा व्यस्त हुनुहुन्छ ?
म अचेल कृषि पेसा र गृहिणीको जिम्मेवारी सम्हाल्दै केही समय बचाएर साहित्य सिर्जना मै व्यस्त छू ।

सर्वप्रथम के भन्न चाहनु हुन्छ ?

देश तथा विदेशमा विभिन्न सिलसिलामा छरिएर रहनु भएका नेपाली दाजूभाइ तथा दिदीबहिनीहरुमा शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मँगलमय शुभकामना व्यक्त गर्दछु ।

आज महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती कसरी सम्झनु हुन्छ देवकोटालाई ?

सर्बप्रथम महाकवि लक्ष्मीप्रसाद देवकोटा ज्यु प्रति भाव पुष्प ले श्रद्धा सुमन अर्पण गर्न चाहन्छू । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको भौतिक शरीर हामी माँझ नभएपनि उहाँले सिर्जना गर्नु भएको कृर्तिहरु मार्फत उहाँ अमर हुनुहुन्छ । वहाँको नेपाली साहित्यमा योग्दान त अतुलनीय छ । देवकोटाको नेपाली साहित्यमा
अभाव खड्की रहेको देखेको छु ।

अचेलको साहित्यमा के लेखिएको पाउनु हुन्छ ?

अचेल को साहित्य जमातले थोरै देश लेख्ने युग बोल्ने र धेरै अर्का को खोइरो खन्दै माया प्रेममा भौतारिने स्वार्थ पुर्तिलाइ मान सम्मान र व्यवसाय नाफातर्फ अग्रसर भएर लक्षित विषय चैँ ओझेल मै रहला कि जस्तो डरलाग्छ ।

तपाइको बुझाइमा साहित्य कसरी लेखिन्छ ?

मानव समाज को परिचय भाषा र भाषा को विकास साहित्यबाट भएको मेरो सरल बुझाइ छ । साहित्य ले जीवन र जगत् का विषयमा सरस पुर्ण शैलिमा विभिन्न योग—समयोग र वियोग नै कर्म बनाउदै अभिव्यक्त गरिने शब्द हरु कलम को साहारा लिएर लेखिन्छ । साहित्य जान्दै नजान्ने मान्छे मैले देखेकै छैन । अनादि काल देखि चार वेद छ अठार पुराण छ भुगोल छ । सबै त्यसैमा समाहित छ मात्र बिधागत रुचि अनुसार चिन्तन अनुसार आवाश्यएकता अनुसार अध्यन अनुसार । सिर्जना हुन्छ मत साहित्यलाइ बुझ्ने बुझाउने भन्दापनि सुन्ने र सिक्न मन पराउने सामान्य विवेक भयको ले होला जसरी अन्न आहार र प्रेम बाट विचलित हुँदा को अवस्था कठिन हुन्छ त्यसैगरी नै साहित्य लाई प्राण आधार नै सम्झन्छू । शैक्षिक योग्यता बिना नै साहित्य बुझाउने प्रयास गरे त्यसैले अग्रज र दिग्जग समपुर्ण साहित्य साधक सजर्जक बृन्द सामू क्षमा याचना गर्दछु ।

तपाइको विचारमा साहित्यमा के लेखिनु पर्छ ?
साहित्यमा जातिय तथा लैँगिक विभेद अब लेख्नु नपरोस भौगोलिक र मानवीय विभेद को दर्द लेखिनु पर्छ ।

तपाइलाई साहित्यमा लाग्न कतिको कठिन छ ?
आर्थिक अभाव देखि डब्बल तेब्बर जिम्मेवारी को कठिनाइ , श्रीमान र परिवार जन को हृदय दुख्ने वचन को प्रहार मानसिक ,शारीरिक तनाव समाज नकारात्मक बुझाइ जस्ता कुरा को सामना गरिरहेकि छू ।

अहिले के लेख्दै हुनुहुन्छ ?
अहिले मुक्तक ,गजल , पद्यकविता , र सँस्मरण गीत समयले जे फुर्छ तेहि लेखि रहेकि छू ।

प्रयासको प्रतिकृया कस्तो आयो ?
सुरु सुरु मा उत्साह जनक प्रतिकृयाहरु आए , भर्खर मात्र कृति लेख्न खोजेकी छु । प्रतिकृया कम आयपनि राम्रो आएको छ ।

तपाइको अर्को कृति आउने कतिको सम्भावना छ ?
प्रयास त अनेकौँ भैइरहेको छ । व्यक्ति गत भन्दा सँयुक्त कृति प्रकाशनमै व्यस्त छु । सम्पादन र आर्थिक अभावको कारण आफ्नै व्यक्तिगत कृति त अहिले आउने सम्भावना न्यून छ । अहिले सँस्थागत कामले फुर्सद छैन ।

अहिले साहित्यमा लागेका र लाग्न चाहनेलाई के भन्नु हुन्छ ?
साहित्यमा लागेहरुलाई अग्रज साहित्य साधकहरु को सँघर्ष र त्याग तपस्या को सम्मानका साथ उच्चमहत्व दिदै निर्भिक भएर लाग्नुस तपाईं हरुको बाटो केही फराकिलो र सहज हुँदै छ भन्न चाहन्छू ।
साहित्य पेसा हैन तथापि आत्मा सन्तुष्टिकै लागि लेखेपनि समाज को राष्ट्रको काम हो मरे पछि सालिक बनेर पुजिनु मात्र हैन जिवित मै खुसी र आत्म सम्मान को मालिक हुनुपर्छ ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?
अन्त्यमा यस अनलाइ पत्रिकाले म संग कुराकानी गरेर ,मलाइ लक्ष्मीप्रसाद देवकोटा र आफ्नै बारे दुइचार कुरा राख्ने अवसर दिएकोमा यस पत्रिकालाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

व्यस्त समयको बाबजुत पनि मेरो प्रदेश अनलाइ टिभीलाई कुराकानी गर्न समय प्रदान गर्नु भएकोमा सिन्धुलीकि चेली आदरणी मिना देवकोटा दिदीलाई हार्दिक धन्यवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button